स्वतन्त्रको अधिवेशन माघमा, बैशाखमा बुलेटिन प्रकाशन हुने

पाल्पा,  १८ पौष ,स्वतन्त्र पत्रकार सङ्घ पाल्पाको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभा माघ १२ गते शनिबार हुने भएको छ । यस्तै स्वतन्त्र पत्रकार सङ्घ पाल्पाले २०७६ बैशाखमा विमोचन गर्ने गरी पाल्पा जिल्लाको पर्यटन, संस्कृति र पत्रकारिताको पहिचान झल्काउने विषयवस्तु समावेश गरी वार्षिक बुलेटिन प्रकाशन गर्ने भएको छ । मंगलबार तानसेनमा बसेको सङ्घको बैठकले यस्तो निर्णय गरेको हो । 

सङ्घको बैठकले कार्यसमिति सदस्य विष्णु पाण्डेले दिएको राजीनामा स्वीकृत गरी रिक्त रहेको कार्यसमिति सदस्य पदमा आर.वी. निश्चललाई मनोनित गर्ने निर्णय गरेको छ । यस्तै गरी सङ्घको अक्षयकोष वृद्धिका लागि आर्थिक सहयोग संकलनसहित सङ्घमा आवद्ध सदस्यहरूका लागि पहिचान झल्काउने पत्रकार पहिचान ज्याकेट तयार गर्ने निर्णय पनि गरेको छ । 

सङ्घका पाल्पा अध्यक्ष भोजराज भट्टराईका अनुसार २०७३ पौष १६ गते स्वतन्त्र पत्रकार सङ्घ पाल्पाले पहिलो अधिवेशन सम्पन्न गरेको थियो । पहिलो अधिवेशन पश्चात सङ्घले २०७३ माघ १६ गते सहीदहरूको सम्झनामा दीप प्रज्ज्वलन कार्यक्रम, २०७४ मा केन्द्रीय बुलेटिन प्रकाशनको समन्वय, २०१८ को नया“ वर्षको अवसरमा शुभकामना आदान–प्रदान तथा विशेष भेटघाट, २०७५ जेष्ठ १८ मा केन्द्रीय साधारण सभा सहित अन्य विभिन्न सङ्घसंस्थाको सहकार्यमा दिवस तथा दीप प्रज्ज्वलन लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ । यस्तैगरी सङ्घका जिल्ला उपाध्यक्ष भविन्द्र गौतमले जनाए अनुसार २०७५ जेष्ठ १८ गते पाल्पामा भएको वस दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा स्वतन्त्र पत्रकारले तानसेनमा कार्यक्रम सम्पन्न गरेको र जिल्लामा क्रियाशील सदस्यहरूका लागि एचआइची एड्स र यसको प्रभावका विषयमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । 

स्वतन्त्र पत्रकार सङ्घ पाल्पामा दुई दर्जन क्रियाशिल पत्रकारहरू आवद्ध रहेका छन् । स्वतन्त्रको केन्द्रीयदेखि जिल्लास्तरका मिडियामा सक्रिय सहभागिता रहेको केन्द्रीय पार्षद जीवलाल सुवेदीले बताए । उनले भने– ‘स्वतन्त्र पत्रकारमा आवद्ध साथीहरू पत्रकारिताको मात्र नभई साहित्यको समेत सेवा गरिरहनुभएको छ । जिल्ला अध्यक्ष भोजराज भट्टराई, सचिव रामराज ज्ञवाली, र क्रियाशिल सदस्य आर.वी.. निश्चलका साहित्यिक कृतिहरू पनि प्रकाशित भइसकेका छन् ।’

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago