टोक्यो । प्रवासमा समाज सुसूचित गर्न सक्रिय रूपल लागेका पत्रकारले जिम्मेवार भएर कार्य गर्न आग्रह गरिएको छ। नेपाल पत्रकार महासंघ जापान शाखाको तेस्रो साधारण सभा उदघाटन अवसरमा सहभागि वक्ताहरूले यस्तो आग्रह गरेका हुन।
प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य पवन वर्षा शाहले प्रवासमा बचेको समयमा गरिने काममा समेत जिम्मेवार हुनुपर्ने धारणा राख्नु भयो।
समारोहमा नेपाल पत्रकार महासंघ जापानका निवर्तमान अध्यक्ष तिलक मल्ल, सल्लाहकार वेलुकाजी थापा लगायतले मन्तव्य राख्नु भएको थियो। दोश्रो चरणको बन्दसत्रमा सचिव ऋतुकुमार दुराले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजविन थापाले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
साधरणसभामा आनन्द कोइरालले पेश गरेको विधान शंसोधन प्रस्तावलाई निष्कर्षमा पुर्रयाउन पत्रकार पवन वर्षा शाहको संयोजकत्वमा ५ सदस्यि एक समिति गठन गरेको छ । समितिको सदस्यहरूमा पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, निवर्तमान अध्यक्ष तिलक मल्ल, आनन्द कोइराल र चन्द्र खनाल रहनुभएको छ । समितिले पत्रकार महासंघ केन्द्रसंग समन्वय गरेर विधान शंसोधन गर्ने जनाएको छ।
समारोहमा सल्लाहकार दिनेशकुमार थपलिया पार्षदहरू राजेश घिमिरे, प्रकाश पन्थी लगायतका दजर्न वढी विभिन्न संचार माध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो। साधारणासभा महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको अध्यक्षतामा भएको थियो। समारोहमा उठेका जिज्ञासा माथी अध्यक्ष घलेले आफनो धारणा राख्नु भएको थियो।
यसैगरि महासंघको साधारणसभा समापन कार्यक्रम टोकियो नाकानो जिरो हलमा एक भव्य कार्यक्रमका बीच सम्पन्न भयो। चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेको सहभागितामा भएको समारोहमा हजारौ जापानवासी नेपालीहरूको सहभागिता रहेको थियो। सो अवसरमा जापानवासी नेपालीहरूले रवि लामिछानेलार्इ जापानका नेपालीहरूका विविध समस्याहरूका वारेमा जानकारी गराउदै अन्तर्क्रिया गरेका थिए।
कार्यक्रममा प्रवास पत्रकारिता २ स्मारिकाको विमोचन समेत गरिएको थियो।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…