प्रवासमा जिम्मेवार भएर पत्रकारिता गर्न आग्रह

टोक्यो । प्रवासमा समाज सुसूचित गर्न सक्रिय रूपल लागेका पत्रकारले जिम्मेवार भएर कार्य गर्न आग्रह गरिएको छ। नेपाल पत्रकार महासंघ जापान शाखाको तेस्रो साधारण सभा उदघाटन अवसरमा सहभागि वक्ताहरूले यस्तो आग्रह गरेका हुन।

प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य पवन वर्षा शाहले प्रवासमा बचेको समयमा गरिने काममा समेत जिम्मेवार हुनुपर्ने धारणा राख्नु भयो।

समारोहमा नेपाल पत्रकार महासंघ जापानका निवर्तमान अध्यक्ष तिलक मल्ल, सल्लाहकार वेलुकाजी थापा लगायतले मन्तव्य राख्नु भएको थियो। दोश्रो चरणको बन्दसत्रमा सचिव ऋतुकुमार दुराले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजविन थापाले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

साधरणसभामा आनन्द कोइरालले पेश गरेको विधान शंसोधन प्रस्तावलाई निष्कर्षमा पुर्रयाउन पत्रकार पवन वर्षा शाहको संयोजकत्वमा ५ सदस्यि एक समिति गठन गरेको छ । समितिको सदस्यहरूमा पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, निवर्तमान अध्यक्ष तिलक मल्ल, आनन्द कोइराल र चन्द्र खनाल रहनुभएको छ । समितिले पत्रकार महासंघ केन्द्रसंग समन्वय गरेर विधान शंसोधन गर्ने जनाएको छ।

समारोहमा सल्लाहकार दिनेशकुमार थपलिया पार्षदहरू राजेश घिमिरे, प्रकाश पन्थी लगायतका दजर्न वढी विभिन्न संचार माध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो। साधारणासभा महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको अध्यक्षतामा भएको थियो। समारोहमा उठेका जिज्ञासा माथी अध्यक्ष घलेले आफनो धारणा राख्नु भएको थियो।

यसैगरि महासंघको साधारणसभा समापन कार्यक्रम टोकियो नाकानो जिरो हलमा एक भव्य कार्यक्रमका बीच सम्पन्न भयो। चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेको सहभागितामा भएको समारोहमा हजारौ जापानवासी नेपालीहरूको सहभागिता रहेको थियो। सो अवसरमा जापानवासी नेपालीहरूले रवि लामिछानेलार्इ जापानका नेपालीहरूका विविध समस्याहरूका वारेमा जानकारी गराउदै अन्तर्क्रिया गरेका थिए।
कार्यक्रममा प्रवास पत्रकारिता २ स्मारिकाको विमोचन समेत गरिएको थियो।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago