सर्वाधिक कमाई गर्ने खेलाडीको सुचिमा सन्दीप लामिछाने, अन्य खेलाडीको कमाई कती ?

काठमाडौं असोज ६- खेलेरै नेपालमा जीवन धान्न कठिन रहेको गुनासो खेलाडीबाट आइरहेका बेला केही खेलाडीले भने मनग्य आम्दानी गर्दै आइरहेकाे छन् । सर्वाधिक कमाई गर्ने खेलाडीको सुचिमा सन्दीप लामिछाने परेका छन् ।

समकालीन नेपाली खेलाडीहरुमा सर्वाधिक कमाइ गर्ने खेलाडीमा सन्दीप अग्र पंक्तिमा छन् । उनले ६ महिनामै करोडभन्दा बढी कमाएका छन् । विदेशी लिगहरुमा खेल्दा सन्दीपले पाएका सम्मान, पुरस्कार र राष्ट्रिय टोलीबाट लिने तलब–सुविधा यसमा जोडिएको छैन ।

क्रिकेटर पारस खड्काको कमाइ पनि राम्रै छ । उनले कुनै महिना १० लाख रुपैयाँसम्म आर्जन गर्ने गरेको नयाँ पत्रिकालाई बताएका छन् । विमल घर्तीको मासिक आम्दानी १ लाख हुन्छ भने गोलकिपर किरण चेम्जोङ ३ लाखसम्म बनाउँछन् । फुटबलर रोहित चन्दले मासिक ५ लाख कमाउँछन् भने टीटी खेलाडी नविता श्रेष्ठकाे मासिक अाम्दानी ८० हजारसम्म हुन्छ ।

फुटबलर विराज महर्जन, विक्रम लामा, र सुजल श्रेष्ठकाे कमाइ बराबर जस्तै छ । उनीहरूले नयाँ पत्रिकासँग मासिक १ लाख कमाउने गरेकाे बताएका छन् ।क्रिकेटर शरद भेसावकर, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी र साेमपाल कामीले पनि मासिक अाम्दानी १ लाख हाराहारीमा गर्ने गरेका छन् । समाचार नयाँ पत्रिका दैनिक बाट लिएको ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago