Categories: समाज

हिन्दुहरुको महान पर्व रक्षावन्दन जनैपूर्णिमा पाल्पामा ।

भविन्द्र गौतम पाल्पा १० भदौ

हिन्दुहरुको महान पर्व रक्षावन्दन जनैपूर्णिमा पाल्पामा पनि धार्मिक विधी अनुसार मनाएका छन । पाल्पाका ब्रहमणले बिहानै नदी नाला, ताल तलैया, खोला धारामा पुगी शुद्ध जलले स्नान ऋषि तर्पणी गरेर मन्त्र द्धारा मन्त्रिएको जनै फेरेका छन । विभिन्न मन्दिरमा आत्माको शुद्धिकरण तथा रक्षाको लागी पण्डित, ब्रहमण, पुरेतद्वारा मन्त्रिएको धागो हातको नाडीमा बाध्ने परम्परा अनुसार पाल्पाको विभिन्न मन्दिरमा रक्षा बन्दन गर्नेको भीडभाड लागेको छ । तानसेनको अमरनारायण मन्दिर, शिव मन्दिर, भगवती मन्दिरमा रक्षा बन्दन गर्ने र जनै फेर्नेहरुको निकै भिडभाड लागेको छ । आज बाह्रमण पण्डितहरु आ–आफनो ज जमानको घर–घरमा पुगी रक्षा बन्दन गर्ने जजमाानले दक्षिणा, तथा शिदा दिने परम्परा रहेको छ ।

आज ज्वाईहरु शसुराल पुगी रक्षा बन्धन गरिदिने र भान्जाहरु आफ्नो मामा घरमा, पुगी रक्षा बन्धन गर्ने परम्परा रहेको छ । यसैगरि तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाईलाई रक्षाको लागि राखी बाधिदिने चलन रहेता पनि आजकल पहाडी क्षेत्रमा समेत यो प्रचलन बढ्दै गएको छ । पाल्पामा पनि आफ्ना दिदिा बहिनीहरुले दाजुभाई राखी बाधिदिएका छन । यसैबिच ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालय पाल्पा शाखाले पनि प्रवचन तथा सामुहिक रूपमा रक्षा बन्धन कार्यक्रम गरेको छ । ब्राह्मण समाज पाल्पाले पनि तानसेनको नारायण मन्दिरमा आएका भक्तजनलाई जनै तथा प्रसाद प्रदान गरेको छ । यसैगरी नेवारी समुदायमा विभिन्न १२ थरीका गेडा गुडी भिजाएर टुसा उमारी क्वाटी खाने परम्परा रहेको छ । क्वाटी खाएमा विभिन्न रोगहरु नलाग्ने र शरिमा रोग संग लड्ने क्षमता बढाउने जनविश्वास रहेको छ । यसैगरी सरकारले ब्रहामणहरुको महत्वुर्ण चाड जनै पूर्णिमाको सार्वजनिक विदा कटौती गरेकोमा विरोध जनाएका छन । सरकारले परम्परादेखी चल्दै आएका विभिन्न जातजातिका चाड पर्व धर्म संस्कृति लाई धरासायी बनाउने र जातिय द्धन्द्ध फैलाउने कृयाकलाप लाई प्राथमिकता दिएको पाल्पाका ब्रहामणहरुले आरोप लगाएका छन ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago