Categories: समाज

हिन्दुहरुको महान पर्व रक्षावन्दन जनैपूर्णिमा पाल्पामा ।

भविन्द्र गौतम पाल्पा १० भदौ

हिन्दुहरुको महान पर्व रक्षावन्दन जनैपूर्णिमा पाल्पामा पनि धार्मिक विधी अनुसार मनाएका छन । पाल्पाका ब्रहमणले बिहानै नदी नाला, ताल तलैया, खोला धारामा पुगी शुद्ध जलले स्नान ऋषि तर्पणी गरेर मन्त्र द्धारा मन्त्रिएको जनै फेरेका छन । विभिन्न मन्दिरमा आत्माको शुद्धिकरण तथा रक्षाको लागी पण्डित, ब्रहमण, पुरेतद्वारा मन्त्रिएको धागो हातको नाडीमा बाध्ने परम्परा अनुसार पाल्पाको विभिन्न मन्दिरमा रक्षा बन्दन गर्नेको भीडभाड लागेको छ । तानसेनको अमरनारायण मन्दिर, शिव मन्दिर, भगवती मन्दिरमा रक्षा बन्दन गर्ने र जनै फेर्नेहरुको निकै भिडभाड लागेको छ । आज बाह्रमण पण्डितहरु आ–आफनो ज जमानको घर–घरमा पुगी रक्षा बन्दन गर्ने जजमाानले दक्षिणा, तथा शिदा दिने परम्परा रहेको छ ।

आज ज्वाईहरु शसुराल पुगी रक्षा बन्धन गरिदिने र भान्जाहरु आफ्नो मामा घरमा, पुगी रक्षा बन्धन गर्ने परम्परा रहेको छ । यसैगरि तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाईलाई रक्षाको लागि राखी बाधिदिने चलन रहेता पनि आजकल पहाडी क्षेत्रमा समेत यो प्रचलन बढ्दै गएको छ । पाल्पामा पनि आफ्ना दिदिा बहिनीहरुले दाजुभाई राखी बाधिदिएका छन । यसैबिच ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालय पाल्पा शाखाले पनि प्रवचन तथा सामुहिक रूपमा रक्षा बन्धन कार्यक्रम गरेको छ । ब्राह्मण समाज पाल्पाले पनि तानसेनको नारायण मन्दिरमा आएका भक्तजनलाई जनै तथा प्रसाद प्रदान गरेको छ । यसैगरी नेवारी समुदायमा विभिन्न १२ थरीका गेडा गुडी भिजाएर टुसा उमारी क्वाटी खाने परम्परा रहेको छ । क्वाटी खाएमा विभिन्न रोगहरु नलाग्ने र शरिमा रोग संग लड्ने क्षमता बढाउने जनविश्वास रहेको छ । यसैगरी सरकारले ब्रहामणहरुको महत्वुर्ण चाड जनै पूर्णिमाको सार्वजनिक विदा कटौती गरेकोमा विरोध जनाएका छन । सरकारले परम्परादेखी चल्दै आएका विभिन्न जातजातिका चाड पर्व धर्म संस्कृति लाई धरासायी बनाउने र जातिय द्धन्द्ध फैलाउने कृयाकलाप लाई प्राथमिकता दिएको पाल्पाका ब्रहामणहरुले आरोप लगाएका छन ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago