तमुधी जापानको वार्षिक दुई कार्यक्रम ल्होसार सॉझ र २२औ रोधी सॉझ २०१८ को तयारी शुरु ।

जुलाई १९ टोकियो :- गुरुङहरुको साझा संस्था तमुधी जापानको आयोजनामा हुने वार्षिक कार्यक्रम अन्तर्गतको रोधि सॉझ २०१८ को तयारी शुरु भएको आयोजक तमुधी जापानले जानकारी दिएको छ । यहि अगष्ट १९ तारिक आईतबार टोकियो मेगुरो कुमिन सेन्टरमा हुने २२औ रोधी सॉझको तयारी शुरु गरिएको तमुधी जापानका अध्यक्ष अनिता गुरुङले जानकारी दिनुभएको हो ।

तमुधी जापानको आयोजनमा वार्षिक दुई कार्यक्रम आयोजन हुने गर्दछ । जनवरीमा ल्होसार सॉझ र अगष्ट महिनामा रोधी सॉझ, यो वर्षको रोधी सॉझ सम्पन्न गर्न तमुधी जापानका उपध्यक्ष अमर गुरुङको संयोजक रहेको समिति बनाई तयारी तिब्र पारिएको छ । संयोजक गुरुङका अनुसार रोधी सॉझमा नेपालबाट कलाकार ल्याउने तयारी पुरा भएको बताउनु भयो ।

गुरुङ जातिमा सांस्कृतिक चाडको रुपमा मनाउने रोधीलाई पनि संस्कार र संस्कृति संरक्षण गर्न सहयोगि हुने भन्दै प्रत्येक वर्ष आयोजना गरिने तमुधि जापानले जानकारी दिएको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago