डा. केसीले रूँदै भने यस्तो ‘नरसंहार’ देख्नुभन्दा काठमाडौं नै जानुबेस

काठमाडौं । डा. गोविन्द केसीले प्रहरीले अस्पताभित्र प्रवेश गरेर लाठिचार्ज गरी विद्यार्थी आफू समर्थकलाई घाइते बनाएपछि काठमाडौं जान तयार भएको बताएका छन् । “अस्पतालमा नरसंहार नगर, म काठमाडौं जान तयार छु,” केसीको भनाई उद्धृत गर्दै उनका समर्थकले भनेका छन् । डा. सुमन आचार्यका अनुसार डा. केसी अस्पतालमा यस्तो नरसंहार देख्नुभन्दा काठमाडौं जान्छु भन्दै रोइरहेका छन् । २० दिनदेखि जुम्लामा अनशनमा बसेका डा. केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर बिहान त्यसतर्फ प्रस्थान गरेको थियो ।
स्थानीय र विद्यार्थीले काठमाडौंबाट केसीलाई लिन गएकाहरुलाई अवरोध गरेको भन्दै प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्जबाट करिब ४० विद्यार्थी र केसीका समर्थक घाइते भएका छन् । अस्पताल हाताभित्रै प्रहरीले गोली चलाएको बताइएको छ । प्रहरीको गोली लागेर एकजना प्रहरी नै घाइते भएको बताइएको छ । स्थानीय, पत्रकार, केसी पक्षधरलाई प्रहरीले अभद्र व्यवहार गरेको थियो । डा. केसी सरकारको हेलिकोप्टरमा नभई आफैं काठमाडौं फर्किन तयार भएका छन् ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago