तपाईको मोबाइलको रक्षा ‘मेरो सुरक्षा’ले गर्ने भएको छ

काठमाडौं– मोबाइल बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ वा हराउने विभिन्न कारणले ? चिन्ता लिनुपर्देन,अब तपाई हामी ढुक्क हुन  सक्छौ, तपाईको मोबाइलको रक्षा ‘मेरो सुरक्षा’ मोबाइल प्रोटेक्शन प्लानले गर्ने भएको छ। नेपालमै पहिलो पटक सञ्चालनमा आएको मोबाइल प्रोटेक्शन प्लानले मोबाइलका प्रयोगकर्ताको हैरानीको अन्त्य गर्ने भएको छ।

मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाको लागि ‘मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा’ नामक योजना सुरु गरेको छ। मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तर्गत नयाँ मोबाइल पाउने छन्। साथै कम्पनीले हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराई टेन्सन मुक्त जीवनमा सहयोग गर्नेछ।

 मोबाइल  आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा,कुनै कारणले चर्किएमा,मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटासहित मर्मत सम्भार तथा नयाँ मोबाइल   मेरो सुरक्षाले उपलब्ध गराउनेछ ।

अहिलेको आधुनिक युगमा, स्मार्टफोन जुनसुकै कारणले पनि ड्यामेज हुनसक्छ, हराउन सक्छ।स्मार्टफोन अनिवार्य बनिसकेको  व्यस्त दैनिकीको ध्यानमा राखेर मेरो सुरक्षाले मोबाइल प्रोटेक्शन प्लान सुरु गरेको हो’, मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले भने।

यो सेवा पाउनका लागि भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नुपर्ने हुन्छ। प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप इन्स्टल गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ। प्लान एक्टिभेट गर्दा खल्ती, आई पेका साथै १५ वटा वाणिज्य बैंक र डोर टू डोर अप्सनबाट रकम भुक्तानी गर्न सकिने मेरो सुरक्षाले जनाएको छ।

यसरी प्लान एक्टिभेट गरेका मोबाइल प्रयोगकर्ताको मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिनभित्र अर्को नयाँ मोबाइल पाउने छन्।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago