टोकियो मा गायक तथा संगीतकार रामकृष्ण बम मल्ल एकल साँगीतिक साझ २०१८ धमाका हुँदै

जुलाई १८ टोकियो विश्वाश :-
गीत संगीतको कुनै भाषा र भूगोल र सीमा रेखा हुदैन । यसमा आफ्नै गतिको शक्ति छ । तसर्थ नेपाली कला, सँस्कृति, गीत, संगीतको माध्यमबाट जापानमा नेपालको चिनारी बढाउने र दुई देश बिचको साँस्कृतिक सम्बन्धलाई थप उचाईमा पूर्याउने नेपाल र जापान दुईदेश बिच रही आएको असल सम्बन्धलाई यसप्रकारका कार्यक्रमको माध्यमबाट जनस्तरसम्म पुर्‍याउने र जापानी नागरिकलाई नेपाल भ्रमणका लागि प्रेरित गरी देशको पर्यटन प्रबद्र्धनमा टेवा पुर्‍याउने जानकारी गराई एकोछ ।

यस कार्यक्रमबाट संकलित रकम कलाकारहरुका लागि भैपरी आउने आकस्मिक बिपत्तिमा सहयोग गर्न वि. सं. २०६२ सालमा नेपाल सरकार वा कुनै दातृ निकायको सहयोग विना नै विशुद्ध कलाकारहरु र कलाप्रेमीहरुद्वारा स्थापित ’कलाकार कल्याणकारी अक्षय कोष नेपाल’ को लाई सहयोग गर्न संकलित उक्त अक्षय कोष हालसम्म ७० लाख रुपैंयाँ जम्मा भईसकेको जानकारी दिएकोछ ।

यसवर्षलाई कोष अभिवृद्धि वर्षको रुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी १ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य लिईए अनुरुप उक्त कोषको सहयोगार्थ जापान को २०१८-१०- २ तारिक मगलबार ,साझ ४,३० बजे मेगुरो कुमिन सेन्टर मा रामकृष्णबम मल्ल प्रथम एकल सांगीतिक साँझ’ गरिने भएको छ,।

विगत दुई दशकदेखिको साँगीतिक यात्रा र जापान बसाईको क्रममा सिकेका, भोगेका र संगालेका यस क्षेत्रका अनुभवहरुको एकमुष्ट कार्यक्रम तर नितान्त पृथक, नयाँ शैली र उच्च प्रविधिको प्रयोग एवं प्रस्तुती रहने । एउटै रंगमञ्चमा नेपाली तथा जापानी वाद्यवादकहरुको संयोजनमा संयुक्त लाइभ कार्यक्रम गरिने भएकोछ ।

कार्यक्रममा नेपाली बाधबादक ऋषि पौडेल तबला,मादल, मन थापा सारङगी,खडक पुन बाँसुरी, उत्तम बि क, ढोलक तबला मादल,भरत सुनार अक्टोप्याड जीपानिज बाधबादक Shigeyuki Konita गीतार लिड taro irie बेस गीतार, Masami Ishiyama किबोर्ड,Bunta Takemura, प्रकसन, मा रहने छन भने हारमोनियममा स्यम गायक रामकृष्ण बम मल्ल रहने छन् । अतिथी कलाकारको रूपमा जापानिज गायिकाहरू आओई सानो र ईरी कावामुराको प्रस्तुति रहने छ भने गायिका सोना के सी र सिता पुनले गायक मल्ल लाई साथ दिनेछन, मुल आयोजक समितीका संयोजक डि पी कडेल रहनु भएको छ भने सहआयोजकको रूपमा बागलुङ समाज जापान, गल्कोट स्पोर्ट कल्ब जापान, रास्टिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल जापान शाखा, अन्तरास्टिय साहित्य समाज जापान साखा र दर्शन समाज जापान रहेको छ ।

संयोजक डि पी कडेलले जापानमा पहिलो पटक फरक शैलीका साथ आयोजना गर्न लागिएको रामकृष्ण बम मल्ल एकल साझ मा बिभिन्न क्षेत्रबाट सहयोग पुर्याईदिन र कार्यकर्ममा उपस्थित भई कार्यक्रम सफल पारी दिनु हुनका लागी जापानबासीहरूमा अनुरोध समेत गरेकाछन् ।

 

 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago