नुवाकोट समाज जापान नयाँ कार्यसमितिद्धारा अस्पताल र विद्यालयहरुमा सहयोग गर्ने निर्णय , सदस्यहरुबाट मासिक एकहजार येन संकलन गर्ने

जुलाई १८ , टोकियो
हरि लामिछानेको अध्यक्षतामा गठन भएको नुवाकोट समाज जापानको नयाँ कार्यसमितिको पहिलो बैठकले जिल्लामा रहेको अस्पताल र विद्यालयमा भौतिक सामग्री सहयोग सहित विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

राजधानी टोकियोमा सोमबार बसेको नयाँ कार्यसमितिको बैठकले सल्लाहकार नियुक्त, कार्यसमिति सदस्य मनोनयन सहित सचिवालयमा सल्लाहकारहरु नियुक्तको निर्णय समेत गरेको छ ।

नुवाकोट समाज जापानको सल्लाहकारमा राजकुमार पन्डित, उद्दब प्याकुरेल, डा। माधव सेढाई, द्रोण सिलवाल, जीबन केसी, जीवन थापा, ज्ञानेन्द्र पुडासैनि, राजेन्द्र अधिकारि, जयराम खतिवडा र गोकुल थापा गरि दश जनालाई नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको अध्यक्ष हरि लामिछानेले जानकारी दिनुभयो ।

त्यसैगरि कार्यसमितिमा नियुक्त गर्न बाँकी पाँच सदस्य मध्ये हालको लागि प्रदिप अर्याल, प्रल्हाद पुडासैनि र समिरदेव खनाललाई नियुक्त गरिएको र थप दुईजना पछि थप्ने निर्णय भएको बताईएको छ ।

गठन गर्न बाँकी सचिवालय सम्वन्धि अधिकार संस्थाका पदाधिकारीहरुलाई दिएको बैठकले नुवाकोट जिल्लामा रहेको अस्पताल सहित विभिन्न विद्यालयहरुमा भौतिक सामग्री सहयोग गर्ने महत्वपूर्ण निर्णय गरेको छ । तत्कालको लागि त्रिशुली हस्पिटललाई १० थान अत्याधुनिक व्ह्ील चियर उपलब्ध गराउने संस्थाको बैठकले निर्णय गरेको छ ।

यसैगरि साविकको तीन क्षेत्र रहेको नुवाकोटका तीनवटै क्षेत्रबाट १० वटा विद्यालय छनौट गरि प्रति विद्यालयमा तीनवटा कम्प्युटर उपलब्ध गराउने निर्णय समेत भएको छ । बैठकले कम्प्युटर अँग्रेजी नयाँ बर्षमा प्रदान गर्ने गरि अध्यक्ष तथा उपाध्यक्ष सहित महासचिवको टिमलाई जिम्मेवारी दिइएको छ ।

जापानमा रहनुभएका नुवाकोटवासी नेपाली तथा नुवाकोट जिल्लामा भैपरि आउने आपतकालिन समस्याहरुमा सहयोग गर्नको लागि समाजले आफ्ना सदस्यहरुबाट मासिक एकहजार येन संकलन गर्ने भएको छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago