बिहानै १ गिलास कागती पानी खानु फाईदा जनक

जापान बिस्वास आचार्य ।
बिहान उठ्नासाथ तातो चिया पिउने बानी धेरैको हुन्छ। तर खाली पेटमा तातो चिया पिउनु त्यति लाभदायक मानिदैन। अहिले स्वास्थ्य प्रति सचेत बर्गले बिहान खाली पेटमा मनतातो पानी पिउने गरेका छन् जुन स्वास्थ्यको हिसाबले एकदमै फाइदाजनक हुन्छ। तातो पनि भन्दा सर्वोत्तम हुन्छ तातो कागती पानी जसका फाइदाहरू यसप्रकार रहेका छन्।

१. यदि बिहान फ्रेस हुनुअघि तातो पानीमा कागतीको रस मिसाएर पिउनुहुन्छ भने तपाईंको पेट राम्ररी सफा हुन्छ । कब्जियत पनि हुँदैन ।

२. यदि तपाईंले बिहान खाली पेटमा कागती पानी पिउनुभयो भने बढ्दो मोटोपन पनि नियन्त्रण हुन्छ । तौल घट्छ ।

३. यसले तपाईंको पाचन तन्त्रलाई फाइदा गर्छ । पाचन क्रिया राम्रो हुन्छ । कागती पानीको सेवनले पेटको समस्या पनि हट्छ ।

४. तातो कागती पानी सेवन गर्दा शरीरको भित्री सफाइ हुन्छ र हानिकारक तत्व शरीरबाट बाहिर निस्कन्छ । यसले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

५. यसको ठूलो फाइदा यो पनि हो कि, मुख र सासको गन्ध हट्छ । तपाईं ताजगी महसुस गर्न सक्नुहुनेछ । यसमा रहेको भिटामिन सिले तपाईंलाई फाइदा पुग्छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago