जापान बिस्वास आचार्य ।
बिहान उठ्नासाथ तातो चिया पिउने बानी धेरैको हुन्छ। तर खाली पेटमा तातो चिया पिउनु त्यति लाभदायक मानिदैन। अहिले स्वास्थ्य प्रति सचेत बर्गले बिहान खाली पेटमा मनतातो पानी पिउने गरेका छन् जुन स्वास्थ्यको हिसाबले एकदमै फाइदाजनक हुन्छ। तातो पनि भन्दा सर्वोत्तम हुन्छ तातो कागती पानी जसका फाइदाहरू यसप्रकार रहेका छन्।
१. यदि बिहान फ्रेस हुनुअघि तातो पानीमा कागतीको रस मिसाएर पिउनुहुन्छ भने तपाईंको पेट राम्ररी सफा हुन्छ । कब्जियत पनि हुँदैन ।
२. यदि तपाईंले बिहान खाली पेटमा कागती पानी पिउनुभयो भने बढ्दो मोटोपन पनि नियन्त्रण हुन्छ । तौल घट्छ ।
३. यसले तपाईंको पाचन तन्त्रलाई फाइदा गर्छ । पाचन क्रिया राम्रो हुन्छ । कागती पानीको सेवनले पेटको समस्या पनि हट्छ ।
४. तातो कागती पानी सेवन गर्दा शरीरको भित्री सफाइ हुन्छ र हानिकारक तत्व शरीरबाट बाहिर निस्कन्छ । यसले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
५. यसको ठूलो फाइदा यो पनि हो कि, मुख र सासको गन्ध हट्छ । तपाईं ताजगी महसुस गर्न सक्नुहुनेछ । यसमा रहेको भिटामिन सिले तपाईंलाई फाइदा पुग्छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…