गुप्ताङ्गका रौं काट्दा कस्तो असर पर्छ ? आयो डरलाग्दो रिपोर्ट

 शरीरको बाँकी अंगको तुलनामा गुप्ताङ्ग क्षेत्रको रौं काट्दा के हुन्छ भन्ने बारेमा कहिल्यै सोच्नुभएको छ ? यदि सोच्नुभएको छैन भने अब जान्नुस्ः
शरीरको अन्य ठाउँको तुलनामा गुप्ताङ्ग क्षेत्रमा रौंको बृद्धि विकास बढी हुने गर्छ । मानिसले पनि गुप्ताङ्गका रौंहरु पटक पटक खौरिने वा छोट्याउने गर्छन् । तर, यहाँका रौं काट्नु स्वास्थ्यका लागि हानिकार हुने एक अध्ययनले देखाएको छ । यसका पछाडि एक कारण छ, यहाँ रौं काट्नुभन्दा नकाट्नु नै फाइदा हुन्छ ।
गुप्ताङ्ग क्षेत्रका रौं काटेपछि तपाईलाई सफा र हलुका महसुश गर्नु हुन्छ होला तर, यहाँका रौं नकाट्ने मानिसको तुलनामा तपाइँलाई यौनजन्य संक्रमणको जोखिमको बढी खतरा हुने गर्छ ।
हालै अमेरिकामा १८ देखि ६५ वर्ष उमेर समूहका साढे ७ हजार भन्दा बढी मानिसहरुमा गरिएको एक अध्ययनले गुप्ताङ्ग क्षेत्रका रौं काट्ने मानिसहरुमा यौनजन्य संक्रमण खतरा ८० प्रतिशत भन्दा बढी रहेको देखाएको छ ।
शोधकर्ताका अनुसार गुप्ताङ्ग क्षेत्रका रौं खौरिनु वा छोट्याएमा छाला (त्वचा) फाट्न सक्छ जसका कारण भाइरस आदी सहजै हाम्रो शरीरमा घुस्न सक्छन् । दाह्री काट्नका लागि एउटै औजार (ब्लेड) दुई जनाकाबीच एचआइभी संक्रमणका खतरा हुने जस्तै यो अध्ययनले पनि रौं काट्न वा खौरिन प्रयोग हुने सामग्री एक आपसमा प्रयोग गर्नु खतरा हो भनेको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago