एभेरेष्ट प्रिमियर लिगको दोस्रो खेलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई १ सय १४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १३ रन बनायो।
उसका लागि ओपनर अनिल मण्डलले ३२ र कप्तान दीपेन्द्रसिंह ऐरीले ४२ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। सात रन हुँदा ओपनर दिलिप नाथलाई ब्यक्तिगत ६ रनमा गुमाएको चितवनले १० रन हुँदा दोस्रो विकेटको रूपमा साबाज खानलाई शून्यमा गुमायो।
तेस्रो विकेटका लागि दिपेन्द्रसिंह ऐरी र अनिल मण्डलले ६७ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए। तर ७७ रन हुँदा अनिल मण्डल ३२ रनमा आउट भएपछि चितवनले तेस्रो विकेट गुमायो। त्यसपछि ८८ रन हुँदा कप्तान दिपेन्द्रसिंह ऐरी ब्यक्तिगत ४२ रनमा आउट भए।
चितवनको स्कोर १ सय रन हुँदा पाँचौ विकेटका रूपमा भिम सार्कीलाई गुमाएको उसका लागि योगेन्द्रसिंह कार्की ७ रनमै आउट भए। बलिङतर्फ पोखराका लागि पाकिस्तानी खेलाडीहरू इस्राउल्लाहले चार तथा ताज वालीले तीन विकेट लिए। विक्रम सोब र शक्ति गौचनले एक-एक विकेट लिए। अहिले पोखरा ले ब्यटिङ गरी रहेकोछ l
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…