नेपाल प्रेस युनियन केन्द्रीय लेखा समितिको संयोजकमा पदमराज जोशी विजयी

२०७९, ८ श्रावण आईतवार १८:१०

काठमाडौं: नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनमा भएको निर्वाचनको मत परिणाम आउन थालेको छ । हिजो भएको मतदानबाट लेखा समितिको परिणाम आएको हो । नेपाल प्रेस युनियन केन्द्रीय लेखा समितिको संयोजकमा पदमराज जोशी विजयी बनेका छन् । कालिका महतलाई हराउँदै जोशी विजयी बनेका हुन् । जोशीले ७१६ मत ल्याउँदा महत ६१५ मै खुम्चिए ।

त्यस्तै, समितिको सदस्यमा घनश्याम पौडेलले ८७४ मत र गिरीराज पोखरेलले ७५७ मत ल्याएर विजयी भए । सदस्यमा प्रत्यासी दिपकराज जोशीले ६०० र टेकेन्द्र बस्यालले २२६ मत ल्याए ।युनियनको यो महाधिवेशनमा अध्यक्षमा अनिता विन्दू र शिव लम्साल प्रतिष्पर्धामा छन् । कांग्रेसको संस्थापन र इतर पक्ष प्यानलै खडा गरेर चुनावी मैदानमा उत्रिएका थिए ।

Comments

ताजा खबर