झापा–१ मा निशा डाँगीको सानदार जीत, रास्वपाको फराकिलो मतान्तर

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

झापा, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार निशा डाँगीफराकिलो मतान्तरसहित निर्वाचित भएकी छन्।

गत निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा निर्वाचित भएको क्षेत्रमा यसपटक डाँगीले सानदार जित हासिल गरेकी हुन्।

अन्तिम मत परिणामअनुसार डाँगीले ४५ हजार ६८० मत (५८.३५%) प्राप्त गरिन्। नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत (१३.४७%) ल्याउँदै दोस्रो स्थान हासिल गरे।

त्यसैगरी श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत (१२.७८%) प्राप्त गर्दै तेस्रो स्थानमा रहे भने नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत (९.७८%) प्राप्त गरेका छन्।

झापा–१ अन्तिम मत परिणाम

  • जम्मा मतदाता: १,३१,०६७

  • खसेको मत: ८२,५६० (लगभग ६३.००%)

  • सदर मत: ७८,२९१ (९४.८४%)

  • बदर मत: ४,२६९ (५.१६%)

Sanjay poudyal

Recent Posts

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago

झापा–२ मा इन्दिरा राना मगरको जीत, सभामुख देवराज घिमिरे ४८ हजारभन्दा बढी मतान्तरले पराजित

झापा, फागुन २४ — विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई…

56 years ago

एमालेले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ: सुरेन्द्र पाण्डे

काठमाडौं। नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा निर्वाचनको नतिजापछि पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका…

56 years ago