आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन जन्म दिने आमाप्रति श्रद्धा, भक्ति र सम्मान व्यक्त गर्दै ‘आमाको मुख हेर्ने पर्व’ धूमधामका साथ देशभर मनाइन्छ। आजका दिन सन्तानले आमालाई मीठामीठा परिकार खान दिई, सुन्दर वस्त्र अर्पण गरी आशीर्वाद लिने परम्परा छ।

धर्मशास्त्रअनुसार आमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा समेत श्रेष्ठ र पूजनीय मानिन्छिन्। यही कारण, आमालाई सम्मान गर्ने यो दिनलाई शास्त्रीय परम्पराले अत्यन्त महत्व दिएको पाइन्छ।

परम्पराअनुसार, छोराछोरीहरू बिहानै उठी स्नान गरी आमा सामु उपस्थित भई विभिन्न मीठा–मीठा खानेकुरा चढाउँछन् र आमाबाट दीर्घायु, सफलता तथा समृद्धिको आशीर्वाद ग्रहण गर्छन्।

जिनकी आमा जीवित छैनन्, तीले दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा सिदादान गरी श्राद्ध गर्नु परम्परा बनाइएको छ। दिवङ्गत आमाले यस दिन आश गर्ने भएकाले, भक्तिपूर्वक गरिएका यस्ता कर्मले उनीहरू सन्तुष्ट भई आशीर्वाद दिने धार्मिक विश्वास रहेको छ।

सनातन वैदिक धर्ममा जीवनभर तीन ऋण — देवऋण, मनुष्यऋण र पितृऋण — तिर्नुपर्ने भनिएको छ। यसै सन्दर्भमा, “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भन्ने वाक्यले जन्म दिने आमा र जन्मभूमिको महत्व स्वर्गभन्दा उच्च रहेको उल्लेख गर्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, आमाको महत्व बाबु भन्दा हजार गुणा बढी मानिएको छ। नौ महिना गर्भमा धारण गरी सन्तानलाई जीवन दिने आमाको ममता र कष्टको कुनै तुलना हुन सक्दैन।

यसै अवसरमा, काठमाडौँको चन्द्रागिरि नगरपालिका अन्तर्गत अवस्थित मातातीर्थमा भव्य मेला आयोजना हुँदैछ। नगरप्रमुख घनश्याम गिरीले मेलाका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। मातातीर्थ मेला दिवङ्गत आमाको सम्झनामा विशेष श्रद्धा अर्पण गर्ने प्रमुख केन्द्र मानिन्छ।

यद्यपि, केहीले यस वर्ष गुरु अस्त र सूर्यग्रहणका कारण आमाको मुख हेर्न नहुने भन्ने प्रचार गरेका थिए, तर नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस्तो प्रचार पूर्ण रूपमा आधारहीन र असत्य भएको स्पष्ट पारेको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago