बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका अवसरमा बिर्ताबजारमा आज आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई हरित नगर बनाउने अभियानमा लागेको बताउनुभएको थियो ।

स्वच्छ वातावरण र वातावरण हराबरा बनाउनका लागि विरुवा रोप्न आवश्यक रहेको भन्दै उहाँले नगरवासी सबैले जतिसक्दो धेरै विरुवा रोप्न आग्रह गर्नु भएको थियो । घर,सडकको दायाँ बायाँ, विद्यालय वरीपरी रुख रोपेर स्वच्छ वातावरणमैत्री हरितनगर निर्माणको लागि सबै एकजुट भएर लाग्नु पर्नेमा उहाँले सम्बोधन गर्नुभएको थियो।

आज उक्त स्थान अर्थात् महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि  नयाँ पार्क निर्माणको थालनी गरिएको छ।स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता र सहकार्यमा सुरु गरिएको उक्त पार्क निर्माणले क्षेत्रीय सौन्दर्य थप्ने अपेक्षा गरिएको छ।

बिक्षारोपण गरिएका स्थानमा हुर्किएका बोटबिरुवाले शीतलता प्रदान गर्नुका साथै वातावरणीय सौन्दर्य बढाउने भएकाले स्थानीय पार्क प्रवर्द्धनमा विशेष ध्यान दिइएको छ। यस अवसरमा अनारमनी सोसियल युथ क्लबको आयोजनामा सरसफाई तथा पार्क निर्माण कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा बिर्तामोड वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकी, अनारमनी सोसियल युथ क्लबका अध्यक्ष राज मुखिया, सचिव रुपेश तिम्सिना, सदस्य संजय पौड्याल, पत्रकार टिकाराम बास्तोला, अनारमनी नगर प्रहरी, अनारमनी स्कुलका स्काउट भाइबहिनीहरू, समाजसेवी तुलसी ढकाल, वीरबहादुर बुढाथोकी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति र सक्रियता रहेको थियो।

पार्क निर्माण तथा वृक्षरोपण अभियानमार्फत बिर्ताबजार क्षेत्रलाई हराभरा र स्वच्छ बनाउने अभियानलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।

फिचर फोटो


Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago