बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका अवसरमा बिर्ताबजारमा आज आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई हरित नगर बनाउने अभियानमा लागेको बताउनुभएको थियो ।

स्वच्छ वातावरण र वातावरण हराबरा बनाउनका लागि विरुवा रोप्न आवश्यक रहेको भन्दै उहाँले नगरवासी सबैले जतिसक्दो धेरै विरुवा रोप्न आग्रह गर्नु भएको थियो । घर,सडकको दायाँ बायाँ, विद्यालय वरीपरी रुख रोपेर स्वच्छ वातावरणमैत्री हरितनगर निर्माणको लागि सबै एकजुट भएर लाग्नु पर्नेमा उहाँले सम्बोधन गर्नुभएको थियो।

आज उक्त स्थान अर्थात् महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि  नयाँ पार्क निर्माणको थालनी गरिएको छ।स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता र सहकार्यमा सुरु गरिएको उक्त पार्क निर्माणले क्षेत्रीय सौन्दर्य थप्ने अपेक्षा गरिएको छ।

बिक्षारोपण गरिएका स्थानमा हुर्किएका बोटबिरुवाले शीतलता प्रदान गर्नुका साथै वातावरणीय सौन्दर्य बढाउने भएकाले स्थानीय पार्क प्रवर्द्धनमा विशेष ध्यान दिइएको छ। यस अवसरमा अनारमनी सोसियल युथ क्लबको आयोजनामा सरसफाई तथा पार्क निर्माण कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा बिर्तामोड वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकी, अनारमनी सोसियल युथ क्लबका अध्यक्ष राज मुखिया, सचिव रुपेश तिम्सिना, सदस्य संजय पौड्याल, पत्रकार टिकाराम बास्तोला, अनारमनी नगर प्रहरी, अनारमनी स्कुलका स्काउट भाइबहिनीहरू, समाजसेवी तुलसी ढकाल, वीरबहादुर बुढाथोकी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति र सक्रियता रहेको थियो।

पार्क निर्माण तथा वृक्षरोपण अभियानमार्फत बिर्ताबजार क्षेत्रलाई हराभरा र स्वच्छ बनाउने अभियानलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।

फिचर फोटो


Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago