ताप्लेजुङमा बोलेरोमा आगलागी: चार जनाको ज्यान गयो, दुई घाइते

फुङ्लिङ (ताप्लेजुङ), वैशाख ९ – ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित सेवारोचोकमा बोलेरो गाडीमा भएको आगलागीमा परी चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको मे १ च ३०११ नम्बरको बोलेरोमा आज बिहान करिब ५ बजे आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार विद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको थियो र गाडी त्यसमा अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

आगलागीको खबर पाएपछि प्रहरी निरीक्षक रवि रावलको नेतृत्वमा १५ जनाको टोली तत्काल घटनास्थल पुगेको थियो। घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ भने गाडीमा जलेर मृत्यु भएका यात्रुहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो।

प्रहरीका अनुसार आगो पूर्णरूपमा नियन्त्रणमा ल्याइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago