काठमाडौंमा आन्दोलन नियन्त्रणभन्दा बाहिर, कफ्र्यू बीच पनि तोडफोड जारी

२४ भदौ, काठमाडौं। जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि प्रदर्शन उग्र बन्दै काठमाडौंको अवस्था सुरक्षाकर्मीको नियन्त्रण बाहिर पुगेको छ।

सोमबारको घटनामा १९ जना विद्यार्थीको ज्यान गएपछि आक्रोशित आन्दोलनकारीले मंगलबार राजधानीका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका छन्। शीर्ष नेताहरुको सरकारी निवास, कार्यालय र निजी घरहरूसमेत आन्दोलनकारीको निशानामा परेका छन्।

कफ्र्यू जारी भए पनि प्रदर्शनकारीको आक्रमण रोकिएको छैन। सडकमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी आन्दोलन नियन्त्रण गर्न असफल भएका छन्।

सुरक्षा अधिकारीहरुका अनुसार यति ठूलो स्तरको आन्दोलन हुने पूर्वानुमान भने गरिएको थिएन। सोमबारकै सुरक्षामा कमजोरी देखिएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा एआईजी दानबहादुर कार्कीलाई खटाइएको थियो। तर ठूलो संख्यामा विद्यार्थीको मृत्यु भएपछि आन्दोलन नियन्त्रण बाहिर गएको हो।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago