पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा सम्मान समर्पण गरेको छ । शाखाले आफ्नो १४ औं जिल्ला अधिवेशनको अवसरमा उनीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो ।

नेपाल पत्रकार महासंघ झापा शाखाले, बिर्तामोडस्थित अतिथी सदनमा आयोजित खुला सत्रमा एक लाख १ हजार १११ रुपैँया राशिको मोती पत्रकारिता पुरस्कार अग्रज पत्रकारद्वय कृष्ण हुमागाईँ र केसव आचार्य लाई संयुक्त रुपमा प्रदान गरेको थियो ।  पहिलो पटक संयुक्त रुपमा दुई जनालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै अमेरिकाको टेक्सासमा रहेको हेम सरिता फाउण्डेशनले स्थापना गरेको ‘टंक प्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार’ पत्रकार राजबाबु शंकरलाई प्रदान गरियो । उक्त पुरस्कारको राशि ५० हजार पाँच ५५५ रहेको छ । शंकरले लामो समयदेखि साप्ताहिक समाचार नामक साप्ताहिक पत्रिका सम्पादन गर्दै आएका छन् ।

त्यस्तै पूर्वका जेठो पत्रकार श्यामकृष्ण उपाध्यायद्वारा सम्पादित झापाको पहिलो पत्रिका केटोको सम्मानमा स्थापित ‘केटो पत्रकारिता पुरस्कार’ पूर्वाञ्चल डटकम अनलाइन संयोजक नरेन्द्र ढकाललाई प्रदान गरियो । उक्त पुरस्कारको राशी २५ हजार ५५५ रुपैँया रहेको छ ।

यसै बर्षबाट महासंघ झापाले स्थापना गरेको समावेशी सक्रिय पत्रकारिता पुरस्कार पत्रकार गणेशमान मुखियालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी २५ हजार ५५५ रुपैयाँ रहेको छ ।

सोही अवसरमा उदीयमान पत्रकारिता पुरस्कार आँगन एफएमका चन्द्र बस्नेत र प्रकाश पौडेललाई प्रदान गरियो । उक्त पुरस्कारको राशी जनही ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । त्यसै गरी कार्टुन पत्रकारीता बाट पवन राजवंशीलाइ सम्मान गरीएको थियो ।

‘केदार मनमाया बजगाई लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ पत्रकारद्वय लीला अनमोल (२०७९) र रेजिना गौतम (२०८०) लाई प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशी जनही २५ हजार रुपौया रहेको छ ।

त्यसैगरी पत्रकार महासंघ झापाले यसै बर्षदेखि स्थापना गरेको ११ हजार १ सय ११ नगद राशीको विधागत पुरस्कार झुलन रेग्मी (छापा), उद्धव पुरी (अनलाईन), पुष्प बराल (रेडियो), सुदिप अधिकारी (टेलिभिजन)लाई प्रदान गरिएको थियो ।

उदियमान पुरस्कारबाट प्रकाश पौडेल र चन्द्र बस्नेत पुरस्कृत भए । उक्त पुरस्कारको राशी जनही ११ हजार १११ रुपैँया रहेको छ ।

महासंघले ६५ बर्ष उमेर पूरा गरेका झापाका ११ जना अग्रज पत्रकारहरुलाई ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेको छ । नकुलकाजी, गोबिन्दचन्द्र छेत्री, गञ्जबहादुर दाहाल, सिरोसान्दाई, लीला बराल, लेखनाथ पदरेशी, गोपाल गिरी, चिन्तामणि दाहाल, नेत्र पाठक, केशव आचार्य र लक्ष्मण ढकाललाई उक्त सम्मान प्रदान गरिएको थियो । उनीहरुलाई नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा मेची–महाकाली पहिलो साइकल यात्री मुक्ति पौडेललाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सभामूख देवराज घिमिरे, प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता तथा पूर्व मन्त्री इन्द्र आङ्बोलगायतले उनीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।

सोहि अवसरमा महासंघ झापाद्वारा प्रकाशित चौथो अङ्ग नामक बुलेटिनको दोस्रो अंक विमोचन गरिएको थियो ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको अधिवेशनको खुला सत्रमा सहभागीहरुलाई महासंघ झापाका 

उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेका थिए भने सचिव डिकेश लामाले सञ्चालन गरेका थिए ।
Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago