सप्तकोशी नदीमा जलसतह खतरा तहभन्दा माथि, कोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ। कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार आज बिहान ३ बजे गरिएको मापनमा बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५४० क्युसेक पुगेको छ। यसअघि सन् १९६८ को अक्टोबर ५ मा कोशीमा अहिलेसम्मकै उच्च बहाव प्रतिसेकेन्ड ७ लाख ८८ हजार २०० क्युसेक मापन गरिएको थियो।

कोशीको जलसतह लगातार बढ्दै गएको र खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगेकोले सबै ५६ ढोका खोलिएको छ। जलसतहको जोखिमका कारण सुनसरी, उदयपुर, र सप्तरीका होचा भूभागमा डुबानको खतरा बढेकोले सुरक्षित स्थानमा जान सतर्कता अपनाउन सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ।

पानीको बहाव उच्च भएकाले मानिस र सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिएका छन्।

सप्तकोशी नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ, र अझै बढ्दो क्रममा रहेकोले उदयपुर, सुनसरी, र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबानको सम्भावना भएको होचा भूभागमा नबस्न, साथै सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ।

कोशी ब्यारेज भएर लगातार पानीको बहाव बढ्दै गएकोले मानिस र सवारीसाधनको आवागमन अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको जानकारी सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले दिएका छन्।

शनिबार बिहान ६ बजे प्रतिसेकेन्ड ३ लाख ३६ हजार १० क्युसेकको मापन गरिएको पानीको बहाव शनिबार साँझ ८ बजे ४ लाख १८ हजार २८५ क्युसेक पुगेको थियो। शनिबार राति १२ बजे ५ लाख ७ हजार ६९० क्युसेक र आज बिहान २ बजे ६ लाख ३२ हजार २८५ क्युसेक पानीको बहाव मापन गरिएको छ।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago