बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१ गते बिहान ६ बजे हुने भएको छ। यस बिर्तामोड रनमा महिला र पुरुष दुबैको सहभागिता हुनेछ।

स्वास्थ्यको लागि खेलकुदको महत्त्वलाई उजागर गर्दै आयोजित यो बिर्तामोड रन लाई बिर्तामोड नगरपालिका खेलकुद समितिको वाड नं. ३ ले सहयोग गरेको छ। यस कार्यक्रमको उद्देश्य नागरिकहरूलाई शारीरिक स्वास्थ्यप्रति जागरूक गराउनु र सक्रिय जीवनशैलीको प्रोत्साहन गर्नु हो।

बिर्तामोड रनमा भाग लिन चाहने व्यक्तिहरूको लागि आजैबाट अनलाइन दर्ता खुला गरिएको छ। दशैं र तिहारको उमङ्गमय अवसरमाकाग तिहारको  दिन, बिहान ६ बजेको तयारी गरिएको छ। बिर्तामोड रन सैनिक बजारबाट सुरुवात भई बिर्ता बजारमा अन्त्य हुनेछ। दर्ता प्रक्रियाको लागि इच्छुक सहभागीहरूले अनारमनी सोशल यूथ क्लबको आधिकारिक फेसबुक पेज वा क्लाउडमा उपलब्ध दर्ता फारम भरि जानकारी  पाउन सक्नुहुनेछ ।

बिर्तामोड रनको आयोजनाले समुदायमा खेलकुदको योगदानलाई अझ बलियो बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। यस कार्यक्रमले स्वस्थ जीवनशैली र सामाजिक मेलमिलापलाई प्रोत्साहित गर्दै स्थानीय युवाहरूलाई पनि खेलकुदमा सहभागी गराउनेछ।

प्रतिस्पर्धामा भाग लिन चाहने सहभागीहरूलाई बिर्तामोड रनको लागि अनारमनी सोशल यूथ क्लबमा सम्पर्क गर्न सक्नुहुनेछ ।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago