बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१ गते बिहान ६ बजे हुने भएको छ। यस बिर्तामोड रनमा महिला र पुरुष दुबैको सहभागिता हुनेछ।

स्वास्थ्यको लागि खेलकुदको महत्त्वलाई उजागर गर्दै आयोजित यो बिर्तामोड रन लाई बिर्तामोड नगरपालिका खेलकुद समितिको वाड नं. ३ ले सहयोग गरेको छ। यस कार्यक्रमको उद्देश्य नागरिकहरूलाई शारीरिक स्वास्थ्यप्रति जागरूक गराउनु र सक्रिय जीवनशैलीको प्रोत्साहन गर्नु हो।

बिर्तामोड रनमा भाग लिन चाहने व्यक्तिहरूको लागि आजैबाट अनलाइन दर्ता खुला गरिएको छ। दशैं र तिहारको उमङ्गमय अवसरमाकाग तिहारको  दिन, बिहान ६ बजेको तयारी गरिएको छ। बिर्तामोड रन सैनिक बजारबाट सुरुवात भई बिर्ता बजारमा अन्त्य हुनेछ। दर्ता प्रक्रियाको लागि इच्छुक सहभागीहरूले अनारमनी सोशल यूथ क्लबको आधिकारिक फेसबुक पेज वा क्लाउडमा उपलब्ध दर्ता फारम भरि जानकारी  पाउन सक्नुहुनेछ ।

बिर्तामोड रनको आयोजनाले समुदायमा खेलकुदको योगदानलाई अझ बलियो बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। यस कार्यक्रमले स्वस्थ जीवनशैली र सामाजिक मेलमिलापलाई प्रोत्साहित गर्दै स्थानीय युवाहरूलाई पनि खेलकुदमा सहभागी गराउनेछ।

प्रतिस्पर्धामा भाग लिन चाहने सहभागीहरूलाई बिर्तामोड रनको लागि अनारमनी सोशल यूथ क्लबमा सम्पर्क गर्न सक्नुहुनेछ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago