फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन संचालनमा ल्याएको छ । ग्राहकहरुको सेवालाई अझ बढी  छिटो, छरीतो र सहज बनाउने उदेश्यले एन्ड्रोइड र आइफोनको लागि मोबाइल एप्लिकेसन संचालनमा ल्याएको हो ।

 ऐप्लिकेशन कम्पनीको ब्राण्ड  FJPAY को नामबाट playstore र apple स्टोरमा उपलब्ध छ । कम्पनीले एप्लीकेसन मार्फत कारोबार गर्ने ग्राहकवर्गहरुलाई उत्कृष्ट रेट सहितको सेवा प्रदान गर्ने कम्पनीका डाईरेक्टर बाबुराम पौडेलले जानकारी दिनुभयो । बिभिन्न उपहार योजनाहरु समेत संचालन गर्दै आएको फोरेक्स रेमीटले निकट भविष्यमै आफ्नै wallet सहितको सेवा विस्तार गर्ने पौडेलले जानकारी दिनुभयो । 

फोरेक्सले जापानमा रहेका नेपाली खेलाडीहरुको क्षमता अभिबृद्दी गर्नका लागी डाईमंड नारिता एफ सी संग सम्झौता गरेको छ । चिवामा रहेर फुटवल क्लब मार्फत विभिन्न खेलकुद क्षेत्रमा क्रियाशील रहेको उक्त डाईमंड नारिता एफ सी संग एक बर्षको लागी सम्झौता गरेको हो । शुक्रबार टोकियोको कामता स्थित फोरेक्स कम्पनीको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी फुटबल क्लबका म्यानेजर नबीन दीप गुरुंग र फोरेक्सका डाईरेक्टर बाबुराम पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago