जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन संचालनमा ल्याएको छ । ग्राहकहरुको सेवालाई अझ बढी छिटो, छरीतो र सहज बनाउने उदेश्यले एन्ड्रोइड र आइफोनको लागि मोबाइल एप्लिकेसन संचालनमा ल्याएको हो ।
ऐप्लिकेशन कम्पनीको ब्राण्ड FJPAY को नामबाट playstore र apple स्टोरमा उपलब्ध छ । कम्पनीले एप्लीकेसन मार्फत कारोबार गर्ने ग्राहकवर्गहरुलाई उत्कृष्ट रेट सहितको सेवा प्रदान गर्ने कम्पनीका डाईरेक्टर बाबुराम पौडेलले जानकारी दिनुभयो । बिभिन्न उपहार योजनाहरु समेत संचालन गर्दै आएको फोरेक्स रेमीटले निकट भविष्यमै आफ्नै wallet सहितको सेवा विस्तार गर्ने पौडेलले जानकारी दिनुभयो ।
फोरेक्सले जापानमा रहेका नेपाली खेलाडीहरुको क्षमता अभिबृद्दी गर्नका लागी डाईमंड नारिता एफ सी संग सम्झौता गरेको छ । चिवामा रहेर फुटवल क्लब मार्फत विभिन्न खेलकुद क्षेत्रमा क्रियाशील रहेको उक्त डाईमंड नारिता एफ सी संग एक बर्षको लागी सम्झौता गरेको हो । शुक्रबार टोकियोको कामता स्थित फोरेक्स कम्पनीको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी फुटबल क्लबका म्यानेजर नबीन दीप गुरुंग र फोरेक्सका डाईरेक्टर बाबुराम पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…