झापा कप–२०८१: उद्घाटन खेल त्रिभुवन आर्मी क्लब र मोरङ एलएक्स सिटी बीच हुने

बिर्तामोड, झापा–११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि सुरु हुने ‘झापा कप–२०८१’ को खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिताको उद्घाटन खेल काठमाडौँको त्रिभुवन आर्मी क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच हुनेछ।

डोमालाल राजबंशी रंगशालामा आयोजित कार्यक्रममा झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यतामा खेल तालिका सार्वजनिक गरियो। झापा गोल्डकप अध्यक्ष विनोद बस्नेत, झापा कपका सल्लाहकार सन्तोष थोप्रा, र खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष इन्द्रजीत मुखियालगायतले पनि उपस्थिति जनाएका थिए। कार्यक्रम सञ्चालन सचिव चेतामणि खनालले गरेका थिए।

प्रतियोगितामा १० टोली सहभागी हुनेछन्:

आयोजक झापा–११ फुटबल क्लब, मोरङको एलएक्स सिटी फुटबल क्लबसिराहाको सलहेस युवा क्लब,काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब, दार्जिलिङको जिटिए,चित्लाङ फुटबल क्लब (काठमाडौं जिल्ला लिग च्याम्पियन),त्रिभुवन आर्मी क्लब, रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्ट्स क्लब सहभागी हुनेछन्

पुरस्कार विवरण:

विजेता: नगद १० लाख, ट्रफी, मेडल, र प्रमाणपत्र, उपविजेता: नगद ५ लाख, प्लेयर अफ द म्याच: प्रत्येक खेलका लागि १० हजार नगद, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपर: नगद ३५ हजार, उदीयमान खेलाडी (झापा ट्यालेन्ट): नगद ३५ हजार, सर्वोउत्कृष्ट खेलाडी (मष्ट भ्यालुएबल प्लेयर): नगद १ लाख।

विशेष तयारी: प्रतियोगिताको लागि १० हजार दर्शक अट्ने बेम्बो प्याराफिट निर्माण र खेल मैदान मर्मत कार्य सम्पन्न भएको छ। प्रतियोगिता पुस ८ गते सम्पन्न हुनेछ। झापा कपले स्थानीय खेलकुदको स्तर उकास्न र खेलाडीहरूको प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago