विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

बिर्तामोड – विश्व वातावरण दिवसको अवसरमा श्री चमरधाप आधारभूत विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। रोयट्र्याक्ट क्लब अफ बिर्तामोड, अनारमनी सामाजिक युवा क्लब, एलीट युवा क्लब (बट्टारे) र युनाइटेड युवा क्लबले मिलेर विद्यालय परिसरमा बिरुवा रोपेका छन्।
यस कार्यक्रममा बिर्तामोड-०३ का वडाध्यक्ष मदन बुढाथोकी, वडाध्यक्ष राहुल शर्मा, रोयट्र्याक्ट क्लब अफ बिर्तामोडका अध्यक्ष बाप्पा शाह, एलीट युवा क्लब बट्टारेका अध्यक्ष प्रकाश लिङ्देन र सबै सम्बद्ध क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो।
सहभागी क्लबहरूले यसै महिनाभित्र फलफूलका बिरुवा पनि रोप्ने प्रतिज्ञा गरेका छन्। यसअघि पनि रोयट्र्याक्ट क्लब अफ बिर्तामोडले सोही विद्यालयमा ३२ वटा बिरुवा रोपिसकेको छ।
यस बाहेक, रोयट्र्याक्ट क्लब अफ बिर्तामोडले विद्यालयमा स्टेसनरी सामान, स्वेटर, जुत्ता, झोला आदि पनि वितरण गरिसकेको छ।
विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीहरूले कार्यक्रमप्रति खुशी व्यक्त गर्दै वातावरण संरक्षणका लागि यस्ता कार्यक्रमको आवश्यकता रहेको बताए।
यस वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणमा थप योगदान पुर्याउने विश्वास राखिएको छ।
Sanjay poudyal

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago