जापान । नेपाली मिडिया सेन्टर , जापानले प्रकाशन गरेको जापनिज क्यालेण्डर बिमोचन गरेको छ। जापानको नागोया शहरमा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ , जापान शाखाका संस्थापक सचिव एवं नेपाली मिडिया सेन्टर, जापानका सल्लाहकार हरिप्रसाद पोखरेल र एनआरएनए आईसिसि सचिव पारशमणि पोखरेलले संयुक्त रुपमा क्यालेण्डर बिमोचन गरेका हुन्।
कार्यक्रम नेपाली मिडिया सेन्टर , जापानका अध्यक्ष कविकिरण न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन नेपाली मिडिया सेन्टर, जापानका सह-सचिव योमन देवानले गरेका थिए। कार्यक्रममा नेपाली मिडिया सेन्टर, जापानका उपाध्यक्ष श्याम शितलले जापानवासी नेपाली संघ- संस्था तथा समुदायलाई उक्त क्यालेण्डर निशुल्क प्रदान गरिने बताए। कार्यक्रममा जापानमा रहेका संघ- संस्थाका नेतृत्वमा रहेका महानुभावहरुको उपस्थिति रहेको थियो। यस अघि पनि नेपाली मिडिया सेन्टर , जापानले नेपालको ऐतिहासिक नक्सा ग्रेटर म्याप प्रकाशनमा ल्याएको थियो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…