नेपाली मिडिया सेन्टर जापान द्वारा क्यालेण्डर बिमोचन

२०८०, २६ माघ शुक्रबार ०९:२६

जापान । नेपाली मिडिया सेन्टर , जापानले प्रकाशन गरेको जापनिज क्यालेण्डर बिमोचन गरेको छ। जापानको नागोया शहरमा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ , जापान शाखाका संस्थापक सचिव एवं नेपाली मिडिया सेन्टर, जापानका सल्लाहकार हरिप्रसाद पोखरेल र एनआरएनए आईसिसि सचिव पारशमणि पोखरेलले संयुक्त रुपमा क्यालेण्डर बिमोचन गरेका हुन्।

कार्यक्रम नेपाली मिडिया सेन्टर , जापानका अध्यक्ष कविकिरण न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन नेपाली मिडिया सेन्टर, जापानका सह-सचिव योमन देवानले गरेका थिए। कार्यक्रममा नेपाली मिडिया सेन्टर,  जापानका उपाध्यक्ष श्याम शितलले जापानवासी नेपाली संघ- संस्था तथा समुदायलाई उक्त क्यालेण्डर निशुल्क प्रदान गरिने बताए। कार्यक्रममा जापानमा रहेका संघ- संस्थाका नेतृत्वमा रहेका महानुभावहरुको उपस्थिति रहेको थियो। यस अघि पनि नेपाली मिडिया सेन्टर , जापानले नेपालको ऐतिहासिक नक्सा ग्रेटर म्याप प्रकाशनमा ल्याएको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु