Categories: स्थानीय

सौर्य ऊर्जा झापाको शिवसताक्षी नगरपालिका–४ मा

झापा। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको शिवसताक्षी नगरपालिका–४ मा निर्मित सौर्य ऊर्जा विद्युत परियोजनाको उद्घाटन गरेका छन् ।

झापा इनर्जी लिमिटेडले निर्माण गरेको १० मेगावाट क्षमताको ग्रीडमा जडित सौर्य विद्युत परियोजनाको अध्यक्ष ओलीले मंगलबार उद्घाटन गरेका हुन् । झापा इनर्जीले निर्माण गरेको सो परियोजना सौर्य परियोजनाहरूमध्येकै ठूलो हो । सो सौर्य ऊर्जा परियोजनाबाट उत्पादित ऊर्जा राष्ट्रिय ग्रिडमा जडान भइसकेको छ । त्यसबाट उत्पादित १० मेगावाट बिजुली नेपाल विद्युत प्राधिकरणको बोलोचोक सबस्टेसनमा जोडिएको हो ।

नेकपा एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र–४ बाट निर्वाचित साँसद एलपी साँवाले अगुवाइ गरेको यो परियोजनाको कुल लागत ८५ करोड रुपैंयाँ रहेको छ। निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न भएको यो परियोजनाले नेपालको विद्युतको मागलाई पुरा गर्न सहयोगी हुने साँवाले बताए। उनका अनुसार परियोजनाका लागि २१ बिगाह १३ कठ्ठा जग्गा खरिद गरेर निर्माण सुरु गरिएको हो । झापा इनर्जीको उद्घाटन कार्यक्रममा धेरै सर्वसाधारणको उपस्थिति रहेको थियो ।

यसैबीच, अध्यक्ष ओलीले युवाहरू उद्यमशील हुनुपर्ने बताएका छन् । झापा इनर्जी लिमिटेडले निर्माण गरेको सौर्य विद्युत परियोजनाको उद्घाटन गर्दै अध्यक्ष ओलीले युवाहरुले जागिरेभन्दा पनि उद्यमशील प्रवृत्ति अपनाउनुपर्ने बताए । आम रुपमा युवाहरुमा जागिरे प्रवृत्ति विकास भएको अध्यक्ष ओलीले बताए । उनले जागिरे प्रवृत्ति होइन उद्यमशीलताको प्रवृत्ति अपनाउनु पर्ने सुझाव दिए ।

अध्यक्ष ओलीले भने, ‘आज आम रुपमा युवाहरुमा जागिरे प्रवृत्ति विकास भएको देखिन्छ, हामीले जागिरे प्रवृत्ति होइन उद्यमशीलताको प्रवृत्ति अपनाउनुपर्छ, आफैं उद्यमी हुने, सानाठूला उद्यमहरु आफैंले स्थापना र सञ्चालन गर्ने, आफैं नसके अरु साथीभाइसँग मिलेर चलाउने, झापा इनर्जी मिलेर चलाएको पाएँ, यो राम्रो कुरा हो ।’ झापा र कोशीसँगै देशको विकासका लागि सो परियोजना अत्यन्तै महत्वपूर्ण रहेको उनले बताउनु भयो । सो परियोजना कोशीको सबैभन्दा ठूलो र देशका ठूला सौर्य परियोजनाहरुमध्येको एक परियोजना भएको अध्यक्ष ओलीले बताए ।

उद्यमशीलताको प्रवर्धन र देशको विकासमा सो परियोजनाले महत्वपूर्ण योगदान पु¥याउने उनले विश्वास व्यक्त गरे ।

पानी मात्र नभएर हावा र सूर्यबाट पनि बिजुली निकाल्न सकिने अध्यक्ष ओलीले बताए । आफू प्रधानमन्त्री भएका बेला हाइड्रो इनर्जीको अवधारणा ल्याएको स्मरण गर्दै उनले हाल काठमाडौं विश्वविद्यालयले यसको अनुसन्धान गरिरहेको बताए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago