स्नाकोत्तर अध्ययनको लागि मेची बहुमुखी क्याम्पस र जापानको KCGI कलेज बीच समझौता

भद्रपुर।  क्योटो कलेज अफ ग्रेजुएट स्टडीज फर इन्फर्मेटिक्समा अध्ययन गर्नको लागि जापान एकदमै उत्तम गन्तव्य र पढाइ पश्चात रोजगारीको सुवर्ण अवसर रहेको डा. ग्यारी होइची सुचिमोची प्रोफेसर तथा उपाध्यक्षले मेची बहुमुखी क्याम्पस भद्रपुरमा शैक्षिक परामर्श कार्यक्रममा बताए ।

साथै आईएलटीएस आवश्यक नभएको र अंग्रेजी माध्यमबाट जुनसुकै संकाय पढे पनि जापानमा स्नातकोत्तर पढ्न पाउने KCGI कलेजका व्याख्यान र शैक्षिक संयोजक आनन्द नेपालले मेची बहुमुखी क्याम्पस भद्रपुर शैक्षिक परामर्शको कार्यक्रममा बताउनुभएको छ। शैक्षिक परामर्श कार्यक्रमको समाप्त पश्चात् क्योटो कलेज अफ ग्रेजुएट स्टडीज फर इन्फर्मेटिक्स (KCGI) र मेची बहुमुखी क्याम्पस भद्रपुर बीच समझौता ज्ञापन पत्रमा हस्तार भएको छ । सम्झौता पत्रमा KCGI प्रोफेसर तथा उपाध्यक्ष डा. ग्यारी होइची सुचिमोची र मेची बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जीवन पोखरेलले हस्ताक्षर गर्नुभएको थियो।

शैक्षिक संयोजक आनन्द नेपालले यस सम्झौताले नेपालबाट जापानमा स्नाकोत्तर पढ्न चाहनेका लागि एक कोसे ढुङ्गा सावित हुने बताए ।अध्ययन पश्चात विद्यार्थीहरूले आफ्नै आइटी कम्पनी खोल्न सक्ने र यस कम्पनी मार्फत अरुलाई रोजगार दिन सकेमा देशमै केही गर्ने युवाहरूको लागि र देशमा बस्ने युवाहरूको लागि उचित वातावरण हुनेछ भन्दै नेपालले अहिलेको यो सूचना प्रविधिको क्षेत्रमा आफूले आफूलाई सूचना प्रविधिमा अगाडि बढाएर देशलाई नै केही थप योगदान दिन सक्ने बताए ।

उक्त कार्यक्रममा स्नाकोत्तरमा AI  सम्बन्धी र अन्य AI का विविध विषय सम्बन्धी पढ्न साथै विद्यार्थीलाई पहिलो वर्ष १००% छात्रवृत्ति प्रदान गरिने नेपालले बताए ।

अध्ययन गर्ने विषयहरूमा शैक्षिक परामर्शमा कार्यक्रममा झापाका विभिन्न स्थानबाट BSC ,CSIT, BEA र  HIM मा मेची बहुमुखी क्याम्पस भद्रपुर अध्यरत विद्यार्थीहरूको बाक्लो उपस्थित रहेको जापानिज भाषाका जानकार तुलसी पाठकले जानकारी दिए। 

 

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago