स्नाकोत्तर अध्ययनको लागि मेची बहुमुखी क्याम्पस र जापानको KCGI कलेज बीच समझौता

भद्रपुर।  क्योटो कलेज अफ ग्रेजुएट स्टडीज फर इन्फर्मेटिक्समा अध्ययन गर्नको लागि जापान एकदमै उत्तम गन्तव्य र पढाइ पश्चात रोजगारीको सुवर्ण अवसर रहेको डा. ग्यारी होइची सुचिमोची प्रोफेसर तथा उपाध्यक्षले मेची बहुमुखी क्याम्पस भद्रपुरमा शैक्षिक परामर्श कार्यक्रममा बताए ।

साथै आईएलटीएस आवश्यक नभएको र अंग्रेजी माध्यमबाट जुनसुकै संकाय पढे पनि जापानमा स्नातकोत्तर पढ्न पाउने KCGI कलेजका व्याख्यान र शैक्षिक संयोजक आनन्द नेपालले मेची बहुमुखी क्याम्पस भद्रपुर शैक्षिक परामर्शको कार्यक्रममा बताउनुभएको छ। शैक्षिक परामर्श कार्यक्रमको समाप्त पश्चात् क्योटो कलेज अफ ग्रेजुएट स्टडीज फर इन्फर्मेटिक्स (KCGI) र मेची बहुमुखी क्याम्पस भद्रपुर बीच समझौता ज्ञापन पत्रमा हस्तार भएको छ । सम्झौता पत्रमा KCGI प्रोफेसर तथा उपाध्यक्ष डा. ग्यारी होइची सुचिमोची र मेची बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जीवन पोखरेलले हस्ताक्षर गर्नुभएको थियो।

शैक्षिक संयोजक आनन्द नेपालले यस सम्झौताले नेपालबाट जापानमा स्नाकोत्तर पढ्न चाहनेका लागि एक कोसे ढुङ्गा सावित हुने बताए ।अध्ययन पश्चात विद्यार्थीहरूले आफ्नै आइटी कम्पनी खोल्न सक्ने र यस कम्पनी मार्फत अरुलाई रोजगार दिन सकेमा देशमै केही गर्ने युवाहरूको लागि र देशमा बस्ने युवाहरूको लागि उचित वातावरण हुनेछ भन्दै नेपालले अहिलेको यो सूचना प्रविधिको क्षेत्रमा आफूले आफूलाई सूचना प्रविधिमा अगाडि बढाएर देशलाई नै केही थप योगदान दिन सक्ने बताए ।

उक्त कार्यक्रममा स्नाकोत्तरमा AI  सम्बन्धी र अन्य AI का विविध विषय सम्बन्धी पढ्न साथै विद्यार्थीलाई पहिलो वर्ष १००% छात्रवृत्ति प्रदान गरिने नेपालले बताए ।

अध्ययन गर्ने विषयहरूमा शैक्षिक परामर्शमा कार्यक्रममा झापाका विभिन्न स्थानबाट BSC ,CSIT, BEA र  HIM मा मेची बहुमुखी क्याम्पस भद्रपुर अध्यरत विद्यार्थीहरूको बाक्लो उपस्थित रहेको जापानिज भाषाका जानकार तुलसी पाठकले जानकारी दिए। 

 

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago