अर्घाखाँची समाज जापानको अध्यक्षमा कृष्ण केसी चयन ।

टोकियो, अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न भएको छ। अधिवेशनले कृष्ण केसीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नारायण भुसाल, संगीता थापा, टोपबहादुर घर्तीमगर, गोविन्द विष्ट र मनीष खनाल रहेका छन् ।यसैगरी, महासचिवमा अर्जुन आचार्य चयन भएका छन् ।  सचिवमा अभिनाश जिसी, सरोज भुसाल, असिम खनाल रहेका छन् । यस्तै, कोषाध्यक्षमा निरञ्जन खड्का र सहकोषाध्यक्षमा केशव रेश्मी चुनिएका छन्।

महिला संयोजकमा मधु क्षेत्री, विद्यार्थी संयोजकमा नारायण भट्टराई चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा फनबहादुर पुन, दिलप्रसाद श्रेष्ठ, चेतनारायण थापा, मनोज खनाल, भगीरथ खनाल, मार्सल रायमाझी, दिनेश थापा, राजीव पछाई, चेतन घर्तीमगर, दिली  रेश्मी, मीना थापा, कमला केसी, धर्मराज पौडेल र शंकर रायमाझी निर्वाचित भएका छन्। बाँकी तीन सदस्य कार्यसमितिले मनोनीत गर्नेछ। तीन सेसनमा सम्पन्न कार्यक्रमको उद्घाटन सत्र समाजका अध्यक्ष दीपक थापाको अध्यक्षतामा भएकाे थियाे । कार्यक्रमको सञ्चालन महासचिव नारायण भुसालले गरेका थिए ।

 उद्घाटन सत्र:- उद्घाटन सत्रमा समाजका उपाध्यक्ष नेत्रप्रसाद पन्थीले स्वागत मन्तव्य राखेका थिए । समाजका संरक्षक बाबुराम पौडेलले विगतदेखि आजसम्म समाजका गतिविधि, उपलब्धि एवं आगामी दिनमा समाजले गर्नुपर्ने कामको विषयमा चर्चा गरेका थिए। अध्यक्ष दीपक थापाले २०२१ देखि ०२३ सम्मकाे कार्यकालमा भएका समाजका गतिविधिका विषयमा अवगत गराउँदै आगामी कार्यसमितिलाई मार्गप्रशस्त गर्दै  कार्यसमिति विघटन गरेका थिए ।

बन्दसत्र:- दोस्रो चरणमा बन्दसत्रको अध्यक्षता निवर्तमान अध्यक्ष दीपक थापाले गरेका थिए । निर्वाचन समितिका संयोजक बाबुराम पौडेलले बन्दसत्रको सञ्चालन गरेका थिए। बन्दसत्रमा निवर्तमान महासचिव नारायण भुसालले सांगठनिक प्रतिवेदन, निवर्तमान कोषाध्यक्ष टोपबहादुर घर्तीमगरले आर्थिक प्रतिवेदन र निवर्तमान सचिव अर्जुन आचार्यले  विधान संशोधन प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावलाई बन्दसत्रले अनुमोदन गरेको छ। निर्वाचन समितिले निर्वाचनको प्रक्रियाअन्तर्गत सर्वसहमतिका लागि आगामी कार्यसमितिका पदाधिकारी एवं सदस्यको नाम प्रस्ताव गरेको थियो। उक्त विषयमा थप छलफलपश्चात् आगामी नेतृत्वको नाम बन्द सत्रको हलले पारित गरेको थियो।

खुलासत्र:- कार्यक्रमको खुलासत्र नवनिर्वाचित कृष्ण केसीको अध्यक्षतामा भएको थियो । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी पनि कार्यक्रममा सहभागी भएका थिए । यस्तै, एनबिए जापानका अध्यक्ष विजेश थकाली, पत्रकार महासंघ जापानकी उपाध्यक्ष इन्दिरा खनाल पनि कार्यक्रममा सहभागी थिए । कार्यक्रममा एनबिए जापानका अध्यक्ष विजेश थकालीले मन्तव्य राख्दै जापानमा रहेका संघसंस्थाले खेलेको भूमिका विषयमा चर्चा गरेका थिए। साथै, उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

पत्रकारमहासंघ जापानकी उपाध्यक्ष इन्दिरा खनालले समाजले गरेका अनुकरणीय कामको प्रशंसा गर्दै घरदेश र जापानमा रहेका अर्घाखाचीबासीहरुको दुख सुखमा साथ दिदै थप रचनात्मक कार्य गर्न अहिलेको नेतृत्व सफल होस भन्ने सुभकामना  व्यक्त गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि राजदूत सुवेदीले समाजको अधिवेशनमा उपस्थित हुन पाउँदा खुसी लागेको बताए । उनले समाजका गतिविधि अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्दै प्रवासमा समाजको महत्वका विषयमा आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा राजदूत सुवेदीले समाजको १० लाखको अक्षय कोषको  शुभारम्भ गरेका थिए । 

यसैगरी, राजदूत सुवेदीले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र तथा ७६ जना आजीवन सदस्यलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए । अक्षय कोष स्थापनाको पृष्ठभूमि र उद्देश्यबारे निवर्तमान अध्यक्ष दीपक थापाले जानकारी गराए ।

खुलासत्रको सञ्चालन नवनिर्वाचित महासचिव अर्जुन आचार्यले गरेका थिए। कार्यक्रममा समाजलाई गतिशील बनाउँदै जापानमा रहेका अर्घाखाँची जिल्लाका सम्पूर्ण महानुभावको साझा संथाको रूपमा स्थापित गर्ने  प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष कृष्ण केसीले समापन गरेका थिए । अधिवेशनपश्चात् नवनिर्वाचित कार्यसमितिको पहिलो पूर्ण बैठक पनि सम्पन्न भएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago