टोकियोमा चैत्राष्टमी मेला २०२४ हुने

जापान । बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा चैते दशैंको अवसरमा टोकियोमा चैत्राष्टमी मेला २०२४ हुने भएको छ ।

गण्डकी प्रदेशकै महत्वपूर्ण मेलाको रुपमा बागलुङ जिल्लामा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको झल्को दिनेगरी अप्रिल १४ तारिख आईतवार टोकियोमा  संयुक्त रुपमा कार्यक्रम गर्नेगरी तयारी थालिएको बिहुँकोट समाज जापानका अध्यक्ष दिपक कंडेलले जानकारी दिनुभयो ।  

कार्यक्रम सम्पन्न गर्नकोलागी बाग्लुङ समाजका अध्यक्ष यमकान्त कंडेलको संयोजकत्वमा मुल आयोजक समिती गठन गरी तयारी थालिएको छ । 

समितिको सदस्यहरुमा बिहुँकोट समाजका उपाध्यक्ष फडिन्द्र शर्मा सुबेदी र बाग्लुङ समाजका उपाध्यक्ष प्रकाश केसी रहनुभएको छ भने मेलाको सदस्य सचिबमा  दुई समाजका महासचिबहरु घनश्याम कंडेल (अर्जुन) र सचिन आचार्य रहनुभएको छ ।  

आर्थिक ब्यवस्थापन उपसमितिको संयोजकमा बिहुँकोट समाजका उपाध्यक्ष टिकाराम कंडेल सदस्यहरुमा केशव सुबेदी र नारायण प्रसाद कंडेल रहनुभएको छ ।  

यातायात ब्यवस्थापनामा दुई समाजका उपाध्यक्षहरु गुरु प्रसाद सापकोटा र रामु कंडेल रहनुभएको छ भने प्रचार प्रसार उपसमितिको संयोजकमा बाग्लुङ समाजका उपाध्यक्ष बिष्णु सापकोटा सदस्यहरुमा शिवलाल कंडेल, बसन्त आचार्य, रामु खत्री र खिमानन्द कंडेल रहनुभएको छ ।  

त्यसैगरि अतिथी सम्मान तथा ब्यवस्थापना संयोजकमा बाग्लुङ समाजकी उपाध्यक्ष शोभा केसी (गीता) तथा सदस्यहरुमा बिना खड्का र मुना कंडेल रहनुभएको छ ।  

राष्ट्रिय कलाकारको साथमा हुनलागेको साँगितिक कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल बनाउन दुबै समाजका संरक्षक, सल्लाहकार जापानमा गठित जिल्ला भित्रका अन्य समाजहरुसँग समन्यव र सहकार्य गर्दै कार्यक्रम गरिन लागेको बाग्लुङ समाजका अध्यक्ष तथा कार्यक्रम मुल आयोजक समितिका संयोजक यमकान्त कंडेलले बताउनुभयो । 

कार्यक्रमबाट संकलित रकम मध्य केही प्रतिशन बाग्लुङ जिल्लाको कुनै परोपकारी क्षेत्रमा खर्च गर्ने गरी आयोजित कार्यक्रम टोकियोभित्र गरिने भएपनी स्थान र आमन्त्रित कलाकारको बारेमा केहीदिनपछी जानकारी गराईने बताईएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago