टोकियोमा चैत्राष्टमी मेला २०२४ हुने

जापान । बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा चैते दशैंको अवसरमा टोकियोमा चैत्राष्टमी मेला २०२४ हुने भएको छ ।

गण्डकी प्रदेशकै महत्वपूर्ण मेलाको रुपमा बागलुङ जिल्लामा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको झल्को दिनेगरी अप्रिल १४ तारिख आईतवार टोकियोमा  संयुक्त रुपमा कार्यक्रम गर्नेगरी तयारी थालिएको बिहुँकोट समाज जापानका अध्यक्ष दिपक कंडेलले जानकारी दिनुभयो ।  

कार्यक्रम सम्पन्न गर्नकोलागी बाग्लुङ समाजका अध्यक्ष यमकान्त कंडेलको संयोजकत्वमा मुल आयोजक समिती गठन गरी तयारी थालिएको छ । 

समितिको सदस्यहरुमा बिहुँकोट समाजका उपाध्यक्ष फडिन्द्र शर्मा सुबेदी र बाग्लुङ समाजका उपाध्यक्ष प्रकाश केसी रहनुभएको छ भने मेलाको सदस्य सचिबमा  दुई समाजका महासचिबहरु घनश्याम कंडेल (अर्जुन) र सचिन आचार्य रहनुभएको छ ।  

आर्थिक ब्यवस्थापन उपसमितिको संयोजकमा बिहुँकोट समाजका उपाध्यक्ष टिकाराम कंडेल सदस्यहरुमा केशव सुबेदी र नारायण प्रसाद कंडेल रहनुभएको छ ।  

यातायात ब्यवस्थापनामा दुई समाजका उपाध्यक्षहरु गुरु प्रसाद सापकोटा र रामु कंडेल रहनुभएको छ भने प्रचार प्रसार उपसमितिको संयोजकमा बाग्लुङ समाजका उपाध्यक्ष बिष्णु सापकोटा सदस्यहरुमा शिवलाल कंडेल, बसन्त आचार्य, रामु खत्री र खिमानन्द कंडेल रहनुभएको छ ।  

त्यसैगरि अतिथी सम्मान तथा ब्यवस्थापना संयोजकमा बाग्लुङ समाजकी उपाध्यक्ष शोभा केसी (गीता) तथा सदस्यहरुमा बिना खड्का र मुना कंडेल रहनुभएको छ ।  

राष्ट्रिय कलाकारको साथमा हुनलागेको साँगितिक कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल बनाउन दुबै समाजका संरक्षक, सल्लाहकार जापानमा गठित जिल्ला भित्रका अन्य समाजहरुसँग समन्यव र सहकार्य गर्दै कार्यक्रम गरिन लागेको बाग्लुङ समाजका अध्यक्ष तथा कार्यक्रम मुल आयोजक समितिका संयोजक यमकान्त कंडेलले बताउनुभयो । 

कार्यक्रमबाट संकलित रकम मध्य केही प्रतिशन बाग्लुङ जिल्लाको कुनै परोपकारी क्षेत्रमा खर्च गर्ने गरी आयोजित कार्यक्रम टोकियोभित्र गरिने भएपनी स्थान र आमन्त्रित कलाकारको बारेमा केहीदिनपछी जानकारी गराईने बताईएको छ ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago