नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको अध्यक्षमा सुवेदी चयन

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको अध्यक्षमा रोशन सुवेदी चयन भएका छन् ।

दुई वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । समितिमा निवर्तमान अध्यक्षमा मिलन ओली, उपाध्यक्षमा राजकुमार कार्की, सचिवमा अशोक भण्डारी र कोषाध्यक्षमा चुणामणि प्रसाई (अग्नि)चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा चिरन न्यौपाने, प्रकाश पराजुली, बिशाल सिटौला र तुलसी पाठक चयन भएका निर्वाचन समितका संयोजक पुष्पराज भट्टराईले जानकारी दिए । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको पाचौं बार्षिक साधारणसभा तथा तेस्रो जिल्ला अधिबेशन सम्पन्न भएको हो ।

इक्यान झापाका अध्यक्ष मिलन ओलीको अध्यक्षतामा आइतवार बिर्तामोडमा भएको बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन इक्यानका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शेषराज भट्टराईले गरेका थिए । उनले शैक्षिक परामर्श क्षेत्रको विकास तथा एकतालाई कसरी मजबुद बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिन सबैलाई आग्रह गरे ।

कार्यक्रममा इक्यान झापाका प्रमुख सल्लाहकार पुष्पराज भट्टराई, नेल्टाका केन्द्रिय सदस्य धमेन्द्र भट्टराई (मामा), रोटरी क्लब अफबिर्तामोड मिड टाउनका अध्यक्ष सिद्धार्थ नवीन उप्रेती, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा इक्यान केन्द्रिय उपाध्यक्ष लक्ष्मण पौडेल, तृतीय उपाध्यक्ष गीता शर्मा, महासचिव दीपकराज भूसाल, इक्यान पूर्वाञ्चल शाखाका नवनिर्वाचित अध्यक्षसहित प्रतिनिधि लगायतको आतिथ्य रहेको थियो ।

इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेलले सगत गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार कार्कीले गरेका थिए । कार्यक्रममा अध्यक्ष, सचिव र कोषध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो ।

अधिवेशनको अवसरमा विभिन्न नेतृत्यहरु समेत प्रस्तुत गरिएको थियो भने इक्यानलाई महत्वपूर्ण योग्दान पु¥याएको भन्दै संस्थापक अध्यक्ष सुमान शर्मा जमरकट्टेल र अतिरिक्त विभाग प्रमुख अग्नी सापकोटा (अनिल) लाई सम्मान गरिएको थियो ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago