टि २० मा नेपालको लगातार दोस्रो जीत, मलेसिया ६ विकेटले पराजित

झापा। टि २० विश्वकप छनौट प्रतियोगितामा नेपालले लागातार दोस्रो जीत दर्ता गरेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सानदार जीत निकालेको हो । मलेसियाले दिएको १६६ रनको चुनौतिलाई नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कुशल मल्लले आक्रामक ६५ रन बनाए ।

उनले ३४ बलको सामना गर्दै ७ छक्का र २ चौकाको मद्दतले ६५ रन बनाएका हुन । मल्लले २५ बलमा अर्धसतक पुरा गरेका थिए । त्यस्तै नेपाली ओपनर व्याट्सम्यान कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ सेखले ३२ र सन्दीप जोराले १८ रनको योगदान दिए ।

मलेसियन बलरहरु मोहम्मद अमिरले ३ र परवन्दीप सिंहले एक विकेट लिएका थिए । पहिला व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । मलेसियाका लागि ओपनिङ व्याट्सम्यान सैयद अजिजले ६८ तथा जुवाइदि जुल्कीफिलले २४ रन बनाएका थिए ।

नेपाली बलरहरु अविनास बोहोराले ४ तथा सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक एक विकेट लिएका थिए । यस अघि हिजो भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम आगामी बर्ष अमेरिका र वेष्ट इण्डीजमा हुने टि २० विश्वकपमा सहभागि हुनेछन ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago