टि २० मा नेपालको लगातार दोस्रो जीत, मलेसिया ६ विकेटले पराजित

२०८०, १४ कार्तिक मंगलवार १६:५१

झापा। टि २० विश्वकप छनौट प्रतियोगितामा नेपालले लागातार दोस्रो जीत दर्ता गरेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सानदार जीत निकालेको हो । मलेसियाले दिएको १६६ रनको चुनौतिलाई नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कुशल मल्लले आक्रामक ६५ रन बनाए ।

उनले ३४ बलको सामना गर्दै ७ छक्का र २ चौकाको मद्दतले ६५ रन बनाएका हुन । मल्लले २५ बलमा अर्धसतक पुरा गरेका थिए । त्यस्तै नेपाली ओपनर व्याट्सम्यान कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ सेखले ३२ र सन्दीप जोराले १८ रनको योगदान दिए ।

मलेसियन बलरहरु मोहम्मद अमिरले ३ र परवन्दीप सिंहले एक विकेट लिएका थिए । पहिला व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । मलेसियाका लागि ओपनिङ व्याट्सम्यान सैयद अजिजले ६८ तथा जुवाइदि जुल्कीफिलले २४ रन बनाएका थिए ।

नेपाली बलरहरु अविनास बोहोराले ४ तथा सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक एक विकेट लिएका थिए । यस अघि हिजो भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम आगामी बर्ष अमेरिका र वेष्ट इण्डीजमा हुने टि २० विश्वकपमा सहभागि हुनेछन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु