आर्थिक समस्या समाधानका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछः अर्थमन्त्री डा. प्रकाशशरण महत

काठमाडौँ – नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लागेर समाधान गर्ने बताएका छन्।

शुक्रवार पद तथा गोपनियताको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्र समस्यामा रहेको भन्दै सम्पूर्ण राज्य संयन्त्र लागेर सुधार गर्ने बताएका हुन्। महतले मुलुकको अर्थतन्त्र विभिन्न असरको कारण संकटमा रहेको भन्दै समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे। अर्थमन्त्री महतले सरकारको साधारण खर्च कटौति गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने बताए।

अर्थमन्त्री महतले सरकारले खर्च गर्न सक्ने क्षमता बढाएर लगानी बढाउँदै राजश्वको दायरा बढाउने उल्लेख गरे। उनले राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने बताए।

महतले अर्थतन्त्रलाई आन्तरिक रुपमा चलायमान बनाउनको लागि मन्त्रालयले सक्रियता देखाउनुपर्ने, लघुवित्त र सहकारीहरुमा समस्यामा रहेको भन्दै राष्ट्र बैंकसँग समन्वय गरी सहकार्य गरेर समस्या समाधान गर्ने बताउँदै जनतामा छाएको निराशालाई आशामा बल्दै सकारात्मक सोचका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे।

महतले संकटमा रहेको अर्थतन्त्रमा सुधार गर्न आफू जस्तोसुकै कठोर निर्णय गर्न पछि नपर्ने प्रतिबद्धता जनाउँदै पुँजीगत खर्च बढ्न नसकेको र बजारमा माग घटेको भन्दै चिन्ता व्यक्त गरे।

‘अहिले नेपालको अर्थतन्त्र संकटमा छ । अर्थतन्त्रलाई सवल बनाउने खालका निर्णय सरकारले लिन्छ । मेरो सम्पूर्ण कोशिष अर्थतन्त्रमा देखिएको सुस्तता छ । त्यसलाई मन्दीमा जान नदिने सुनिश्चिता गर्न आवश्यक छ । राजश्व आपूर्ति सन्तोषजनक छैन।

सरकारको साधरण खर्च धेरै छ । यसमा निर्मम हुनैपर्छ, उनले अगाडि भने, ‘हामी अनिवार्य बाहेकका खर्च कटौति गर्नेछौं । राजश्व भन्दा बढी छ । सरकारले पुँजीगत खर्च राम्रोसँग गर्न सकेको छैन ।

समग्रमा अर्थतन्त्रमा एग्रिगेट मागको अवस्था कमजोर भएको छ । अर्थमन्त्रीको रूपमा मैले अर्थतन्त्र थप खराब हुनबाट रोक्नेगरि निर्णय गर्नेछु । अनावश्यक रूपमा करको दर बढाउनेभन्दा पनि करको दायरा बढाउने बाटोमा सरकार लाग्नेछ अर्थतन्त्रलाई आन्तरिक रुपमा चलायमान बनाउनको लागि जुन सक्रियता देखाउनुपर्नेछ त्यसमा मन्त्रालय बढी सम्बेदनशिल हुन आवश्यक ठानेको छु । राजश्वको जुन परिवेश छ । ठूला लगानीकर्ताहरु पनि समस्यामा छन्।’

अर्थमन्त्री डा. महतले पहिलो निर्णयका रुपमा नगद प्रवाहसम्बन्धी समति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गरे। उनले सरकारको नगद प्रावाह अनुसार हरेक महिना कति आम्दानी भयो? कति खर्च भयो? त्यसको स्टेटमेन्ट तयार गर्नुपर्ने बताए। अर्थमन्त्री महतले यसमै आधारित रहेर समिति गठन गर्ने निर्णय गरे।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago