बिर्तामोड। बिर्तामोड नगरपालिकाले निःशुल्क रेविज खोप कार्यक्रम सुरु गरेको छ ।
विश्व रेविज दिवसको अवसर पारेर नगरपालिकाले शुक्रबारदेखि सप्ताहव्यापी रेविजविरुद्वको खोप कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको नगरपालिकाका जिन्सी शाखा प्रमुख अधिकृत मेघराज बाँस्तोलाले उद्घाटन गरे ।
वडा नम्बर १० स्थित सैनिकबजारमा आयोजित कार्यक्रमका प्रमुख अतिथि अधिकृत बाँस्तोलाले नगरका पशुपंछी तथा मत्स्य विकास शाखाका अधिकृत राजेश अधिकारीलाई भ्याक्सिन हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् । नगरका १० वटै वडामा रहेका सडक सामुदायिक तथा घर पालुवा कुकुर र विरालोलाई एक साताभरि रेविजविरुद्वको खोप लगाइने छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँस्तोलाले वडा–वडामा आएको यो सेवाबाट लाभ लिन सबैलाई आग्रह गरे । बिर्तामोड नगरपालिकाले वर्षभरि नै रेविज खोप निःशुल्क गरेको छ । अन्य समयमा पनि बिर्तामोडको पशुपंछी तथा मत्स्य विकास शाखामा कुकुर बिरालोलाई ल्याएर निःशुल्क लगाउने व्यवस्था रहेको अधिकृत अधिकारीले जानकारी दिए ।
कार्यक्रममा वडा नम्बर १०का वडा सदस्य पृथ्वीबहादुर बस्नेतले स्वागत मन्तव्य राखेका थिए ।खोप उद्घाटन कार्यक्रममा सैनिक बजार चौकीका प्रहरी सहायक निरीक्षक बिक्रमबहादुर चौधरीलगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…