बिर्तामोड। बिर्तामोड नगरपालिकाले निःशुल्क रेविज खोप कार्यक्रम सुरु गरेको छ ।

विश्व रेविज दिवसको अवसर पारेर नगरपालिकाले शुक्रबारदेखि सप्ताहव्यापी रेविजविरुद्वको खोप कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको नगरपालिकाका जिन्सी शाखा प्रमुख अधिकृत मेघराज बाँस्तोलाले उद्घाटन गरे ।

वडा नम्बर १० स्थित सैनिकबजारमा आयोजित कार्यक्रमका प्रमुख अतिथि अधिकृत बाँस्तोलाले नगरका पशुपंछी तथा मत्स्य विकास शाखाका अधिकृत राजेश अधिकारीलाई भ्याक्सिन हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् । नगरका १० वटै वडामा रहेका सडक सामुदायिक तथा घर पालुवा कुकुर र विरालोलाई एक साताभरि रेविजविरुद्वको खोप लगाइने छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँस्तोलाले वडा–वडामा आएको यो सेवाबाट लाभ लिन सबैलाई आग्रह गरे । बिर्तामोड नगरपालिकाले वर्षभरि नै रेविज खोप निःशुल्क गरेको छ । अन्य समयमा पनि बिर्तामोडको पशुपंछी तथा मत्स्य विकास शाखामा कुकुर बिरालोलाई ल्याएर निःशुल्क लगाउने व्यवस्था रहेको अधिकृत अधिकारीले जानकारी दिए ।

कार्यक्रममा वडा नम्बर १०का वडा सदस्य पृथ्वीबहादुर बस्नेतले स्वागत मन्तव्य राखेका थिए ।खोप उद्घाटन कार्यक्रममा सैनिक बजार चौकीका प्रहरी सहायक निरीक्षक बिक्रमबहादुर चौधरीलगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago