सरकार र राहत शिक्षकबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति भएको छ । आज शिक्षा मन्त्रालयमा भएको सहमतिमा शिक्षा मन्त्री अशोक राई र संर्घष समितिको तर्फबाट खेम अधिकारी लगायतले हस्ताक्षर गरेका छन् ।​

आन्दोलनरत शिक्षकको मागलाई संसद्‌मा लैजाने शिक्षा मन्त्रीको बचनपछि आन्दोलनरत शिक्षकले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

जसअनुसार नयाँ शिक्षा विधेयकमा ५० प्रतिशत मात्रै राहत शिक्षकले प्रतिस्पर्धामा भाग लिन पाउने व्यवस्था अन्त्य गर्ने सहमति भएको छ ।

उनीहरूको मागअनुसार अब शत प्रतिशत राहत शिक्षकले नै प्रतिस्पर्धामा भाग लिन पाउने छन् ।

पास हुने शिक्षकलाई स्थायी गरिने छ भने फेल हुनेलाई बिदाइ गरिने छ ।

सहमतिपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै शिक्षा मन्त्री राईले आजको सहमति शिक्षक महासंघसँग गत शुक्रवार भएको सम्झौताको पूरक भएको बताए । ‘आन्दोलनरत शिक्षकको मागलाई संसद्‌मा प्रस्तुत गर्नेछौं’ मन्त्री राईले भने ।

त्यस्तै संघर्ष समितिका अध्यक्ष अधिकारीले शिक्षकहरूको आन्दोलन स्थगित भएको बताए । ‘हाम्रो मागलाई संसद्‌मा लैजाने भएपछि हामीले आन्दोलन रोकेका हौं’ अधिकारीले भने, ‘अब थप आन्दोलन आवश्यक छैन, तर लबिङको भने आवश्यकता छ ।’

नयाँ शिक्षा विधयेकविरुद्ध गत असोज तीन गतेदेखि शिक्षक महासंघ आन्दोलनमा थियो ।

महासंघले अघिल्लो शुक्रवार नै गृह मन्त्रालयसँग ६ बुँदे सम्झौता गरी आन्दोलन अन्त्य गरेको बताएको थियो ।

तर राहत शिक्षक, बाल विकास शिक्षक, पेन्सन वञ्चित शिक्षक, विद्यालय कर्मचारी संघ र उच्च माध्यमिक तह शिक्षक संघ, बहिरा शिक्षक संघले भने माग पूरा नभएको भन्दै लगातार आन्दोलन गर्दै आएको थियो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago