नेपाल औषधि व्यवसायी संघ झापाको अध्यक्षमा जीवनकुमार खड्का विजयी

नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको अध्यक्षमा जीवनकुमार खड्का विजयी भएका छन् । दमकमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट खड्का विजयी भएका हुन् ।

विजयी भएका खड्काले १५४ मत पाए भने अध्यक्षका अर्का प्रत्यासी प्रदिप खरेलले ११५ मत प्राप्त गरेका थिए । खड्का बिर्तामोडको त्रिशूल फर्माका सञ्चालक हुन् ।

त्यस्तै, सचिवमा यज्ञराज कार्की विजयी भए । उनले १५१ मत पाए । कार्कीका प्रतिस्पर्धी प्रल्हादराम ढुंगानाले १२१ मत पाएको निर्वाचन समितिका संयोजक नरेन्द्र बरालले जानकारी दिए ।

३६४ जना मतदाता रहेको संघको दोस्रो अधिवेशनमा २७६ मत खसेको निर्वाचन समितिका सदस्य राजेन्द्र चौँलागाईंले जानकारी दिए ।

संघको दोस्रो कार्यकालका लागि अन्य पदमा भने सर्वसम्मत भएको थियो । बरालका अनुसार वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद अधिकारी, थोक उपाध्यक्षमा विवेक बजगाईं र खुद्रा उपाध्यक्षमा राकेश शाह सर्वसम्मत भएका हुन् ।

त्यस्तै, महासचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्षमा युवराज भट्टराई र उपकोषाध्यक्षमा लक्ष्मी पौडेल सर्वसम्मत भएका छन् ।

थोक सदस्यमा विप्लव लिम्बू, खुद्रा सदस्यमा रेवती भण्डारी तथा खुला सदस्यमा सुमन कोइराला, धमेन्द्र दंगाल र यामबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैबीच, यसअघि भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, कोशी प्रदेश अध्यक्ष कुमार खतिवडा, औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्र, एप्पोनका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठ लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

संघका अध्यक्ष गौतम गुप्ताको अध्यक्षतामा भएको अधिवेशनमा साविक मेची अञ्चल शाखाका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

संघका उपाध्यक्ष प्रदिप खरेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव जीवनकुमार खड्काले गरेका थिए ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago