गुडिरहेको जीपमाथी पहिरो ३ को मृत्यु ८ घाइते

२०८०, १३ भाद्र बुधबार ०९:४७

पाल्पा । तानसेन रिडि सडक खण्डमा पर्ने रिब्दिकोट गाउँपालिका २ को जोर्ते र लघुवा बीचमा सुख्खा पहिरो खस्दा स्कार्पियो जीप पहिरोले पुरेको छ । पहिरोले पुरिदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन ।

गूल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु१ज ४६०० नम्बरको स्कारर्पियो आज बिहान ढुंगासहितको सुक्खा पहिरोले पुरिएर हो ।  पहिरोले जिप पुरिँदा घाइते भएका लाई उद्धार गरि पाल्पा मिशन र लुम्बीनी मेडिकल कलेज पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । स्कार्पियो च्यापिएको अवस्थामा सडकको छेउमा रहेको छ ।

मृतकको सनाखत भैसकेको छैन । यो क्षेत्रमा सडक डिभिजन कार्यालयले राति १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर सडक स्तरोन्नती कार्य गर्दै आएको थियो ।

Comments

ताजा खबर