विराटनगरमा पार्किङको विषयलाई लिएर व्यवसायीहरूले बजार बन्द

माेरङ- विराटनगरमा सवारी पार्किङको विषयलाई लिएर व्यवसायीहरूले केही समय बजार बन्द गराएका छन्।

सोमबार विराटनगर महानगरपालिका बजार क्षेत्रका व्यवसायीहरूले सटर बन्द गरी नो पार्किङ जोनको आवश्यकता नभएको जनाउँदै विरोध गरेका हुन्। बजार क्षेत्रका पसल व्यवसायीहरूले तत्काल नो पार्किङ जोनको अवधारणा ल्याउनपूर्व केही समय दिइनुपर्ने माग गरेका छन्।

शनि मन्दिर रोडस्थित शनि श्री जय इलेक्ट्रिक पसलका व्यवसायी उकेश अग्रवालले केही वर्षदेखि चल्दै आएको आर्थिक मन्दीका कारण व्यवसाय धराशायी हुँदै गएको र महानगरले नो पार्किङ जोनको अभियान राख्दा समस्या भएको बताए।

बजार बन्द गरेसँगै व्यवसायीहरूले महानगरका मेयर नागेश कोइरालासँग छलफल गरेका छन्। सो क्रममा महानगरले आउँदो दुई महिनाका लागि नो पार्किङ जोनको अभियानलाई साथ दिन आग्रह गरेको छ।

महानगरलाई व्यवस्थित बनाउनका लागि चालिएको सो कदममा साथ दिन आग्रह गर्दै मेयर कोइरालाले व्यवसायीहरूलाई देखिएका केही समस्या हल गर्न सहयोग गर्ने बताए। छलफलमा व्यवसायीहरूले राखेका केही मागलाई सम्बोधन हुने गरी आउँदो २ महिनासम्म महानगरको कार्यक्रमलाई अवरोध नपुर्‍याउने जनाएका छन्।

महानगरले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने क्रममा बजार क्षेत्रको केही स्थानमा नो पार्किङ जोनको अभियान सुरु गरेको छ।

महानगरले शनि मन्दिर रोड, मुख्य बजार, गुद्री, जलजला रोड क्षेत्रमा सो अभियान अघि बढाएको हो। जसकारण ती क्षेत्रमा सवारी आवागमन, सवारी चाप कम भएको र पैदलयात्रीलाई समेत सहज हुँदै गएको छ। महानगरले हाल बजार क्षेत्रभित्र खाली रहेको जमिनलाई पार्किङस्थलका रूपमा अघि सारेको छ। सडक व्यवस्थित र सवारी चाप कम गर्नका लागि सर्वसाधारणले समेत पार्किङ क्षेत्र बनाउन जग्गा उपलब्ध गराएका छन्।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago