धादिङ समाज जापानको ५ औँ अधिवेशन सम्पन्न,तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ।

जापान। धादिङ समाज जापानको ५ औँ अधिवेशन सम्पन्न भएको छ । आईतबार टोकियोमा सम्पन्न भएको ५ औँ अधिवेशले श्यामहरि तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ।

अधिवेशनले सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मतीमा चयन गरेको हो।नयाँ कार्यसमितिमा,अध्यक्षमा श्यामहरि  तिम्सिना,बरिस्ठ उपाध्यक्षमा राम सिम्खडा,उपाध्यक्षहरुमा सुजता दुवाडी,दिनेश  अधिकारी,बिष्णु कुमार श्रेष्ठ,बिमल श्रेष्ठ,महासचिवमा बिजय सडौला,सचिवमा  सुशान्त बानियाँ 

र ओम कुमार श्रेष्ठ,कोषाध्यक्षमा राम बाबु दनाई,सह-कोषाध्यक्षमा दिपक बिस्ट चयन भएका छन् । 

त्यस्तैगरि सदस्यहरुमा,प्रलाद अधिकारी,दिनेश  पन्डीत,कृष्ण  बहादुर  मगर,राम बाहादुर बिसुन्के,ईश्वरी अर्याल,ठाकुर खनाल,गणेश  बहादुर  अधिकारी,पशुपती थपलिया,प्रबीन नेपाल  र माधव ढकाल चयन भएका छन् । 

अधिवेशन संस्थाका अध्यक्ष दिनेश शर्माको सभापतित्वमा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।भने अन्तर्राष्ट्रीय धादिङ समाज महासचिव राजेन्द्र श्रेष्ठको विशेष आतिथ्यता तथा  ओएनएफ जापानका अध्यक्ष कुलचन्द्र खरेल,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्तकुमार पहरी,धादिङ समाज जापानका सल्लाहकारहरु राजकुमार अधिकारी,श्याम सितल,राजन गौतम,शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पा लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो । 

पत्रकार महासंघ तथा धादिङ समाज जापानका सल्लाहकार समेत रहेका नेपाल पत्रकार महासंघ जापानका सचिव राजन गौतमलाई सम्मान समेत गरिएको कार्यक्रममा,विश्वास आचार्य,रबिन्द्र गोर्खाली,बिष्णु सापकोटा,फुर्वा शेर्पा  तथा प्रमेश तमु लगायतका पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago