जापान। धादिङ समाज जापानको ५ औँ अधिवेशन सम्पन्न भएको छ । आईतबार टोकियोमा सम्पन्न भएको ५ औँ अधिवेशले श्यामहरि तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ।
अधिवेशनले सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मतीमा चयन गरेको हो।नयाँ कार्यसमितिमा,अध्यक्षमा श्यामहरि तिम्सिना,बरिस्ठ उपाध्यक्षमा राम सिम्खडा,उपाध्यक्षहरुमा सुजता दुवाडी,दिनेश अधिकारी,बिष्णु कुमार श्रेष्ठ,बिमल श्रेष्ठ,महासचिवमा बिजय सडौला,सचिवमा सुशान्त बानियाँ
र ओम कुमार श्रेष्ठ,कोषाध्यक्षमा राम बाबु दनाई,सह-कोषाध्यक्षमा दिपक बिस्ट चयन भएका छन् ।
त्यस्तैगरि सदस्यहरुमा,प्रलाद अधिकारी,दिनेश पन्डीत,कृष्ण बहादुर मगर,राम बाहादुर बिसुन्के,ईश्वरी अर्याल,ठाकुर खनाल,गणेश बहादुर अधिकारी,पशुपती थपलिया,प्रबीन नेपाल र माधव ढकाल चयन भएका छन् ।
अधिवेशन संस्थाका अध्यक्ष दिनेश शर्माको सभापतित्वमा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।भने अन्तर्राष्ट्रीय धादिङ समाज महासचिव राजेन्द्र श्रेष्ठको विशेष आतिथ्यता तथा ओएनएफ जापानका अध्यक्ष कुलचन्द्र खरेल,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्तकुमार पहरी,धादिङ समाज जापानका सल्लाहकारहरु राजकुमार अधिकारी,श्याम सितल,राजन गौतम,शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पा लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।
पत्रकार महासंघ तथा धादिङ समाज जापानका सल्लाहकार समेत रहेका नेपाल पत्रकार महासंघ जापानका सचिव राजन गौतमलाई सम्मान समेत गरिएको कार्यक्रममा,विश्वास आचार्य,रबिन्द्र गोर्खाली,बिष्णु सापकोटा,फुर्वा शेर्पा तथा प्रमेश तमु लगायतका पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…