विराटनगरमा पार्किङको विषयलाई लिएर व्यवसायीहरूले बजार बन्द

माेरङ- विराटनगरमा सवारी पार्किङको विषयलाई लिएर व्यवसायीहरूले केही समय बजार बन्द गराएका छन्।

सोमबार विराटनगर महानगरपालिका बजार क्षेत्रका व्यवसायीहरूले सटर बन्द गरी नो पार्किङ जोनको आवश्यकता नभएको जनाउँदै विरोध गरेका हुन्। बजार क्षेत्रका पसल व्यवसायीहरूले तत्काल नो पार्किङ जोनको अवधारणा ल्याउनपूर्व केही समय दिइनुपर्ने माग गरेका छन्।

शनि मन्दिर रोडस्थित शनि श्री जय इलेक्ट्रिक पसलका व्यवसायी उकेश अग्रवालले केही वर्षदेखि चल्दै आएको आर्थिक मन्दीका कारण व्यवसाय धराशायी हुँदै गएको र महानगरले नो पार्किङ जोनको अभियान राख्दा समस्या भएको बताए।

बजार बन्द गरेसँगै व्यवसायीहरूले महानगरका मेयर नागेश कोइरालासँग छलफल गरेका छन्। सो क्रममा महानगरले आउँदो दुई महिनाका लागि नो पार्किङ जोनको अभियानलाई साथ दिन आग्रह गरेको छ।

महानगरलाई व्यवस्थित बनाउनका लागि चालिएको सो कदममा साथ दिन आग्रह गर्दै मेयर कोइरालाले व्यवसायीहरूलाई देखिएका केही समस्या हल गर्न सहयोग गर्ने बताए। छलफलमा व्यवसायीहरूले राखेका केही मागलाई सम्बोधन हुने गरी आउँदो २ महिनासम्म महानगरको कार्यक्रमलाई अवरोध नपुर्‍याउने जनाएका छन्।

महानगरले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने क्रममा बजार क्षेत्रको केही स्थानमा नो पार्किङ जोनको अभियान सुरु गरेको छ।

महानगरले शनि मन्दिर रोड, मुख्य बजार, गुद्री, जलजला रोड क्षेत्रमा सो अभियान अघि बढाएको हो। जसकारण ती क्षेत्रमा सवारी आवागमन, सवारी चाप कम भएको र पैदलयात्रीलाई समेत सहज हुँदै गएको छ। महानगरले हाल बजार क्षेत्रभित्र खाली रहेको जमिनलाई पार्किङस्थलका रूपमा अघि सारेको छ। सडक व्यवस्थित र सवारी चाप कम गर्नका लागि सर्वसाधारणले समेत पार्किङ क्षेत्र बनाउन जग्गा उपलब्ध गराएका छन्।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago