दमक । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको भोलि हुने निर्वाचनमा अध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत भएको छ ।
आज झापाको दमकमा भएको मनोनयन दर्तामा अध्यक्ष र सचिव पदमा भने दुई–दुईजनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक नरेन्द्र बरालले जानकारी दिए ।
संघको दोस्रो कार्यकालका लागि अध्यक्षमा जीवनकुमार खड्का र प्रदिप खरेलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, सचिवमा प्रल्हादराम ढुंगाना र यज्ञराज कार्कीको उम्मेदवारी दर्ता भएको छ ।
बरालका अनुसार वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद अधिकारी, थोक उपाध्यक्षमा विवेक बजगाईं र खुद्रा उपाध्यक्षमा राकेश शाह सर्वसम्मत भएका छन् ।
त्यस्तै, महासचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्षमा युवराज भट्टराई र उप–कोषाध्यक्षमा लक्ष्मी पौडेल सर्वसम्मत भएका छन् ।
थोक सदस्यमा विप्लव लिम्बू, खुद्रा सदस्यमा रेवती भण्डारी तथा खुला सदस्यमा सुमन कोइराला, धमेन्द्र दंगाल र यामबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका छन् । झापा शाखाको दोस्रो अधिवेशनमा ३६३ जना व्यवसायीको मताधिकार रहेको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…