दमक । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको भोलि हुने निर्वाचनमा अध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत भएको छ ।
आज झापाको दमकमा भएको मनोनयन दर्तामा अध्यक्ष र सचिव पदमा भने दुई–दुईजनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक नरेन्द्र बरालले जानकारी दिए ।
संघको दोस्रो कार्यकालका लागि अध्यक्षमा जीवनकुमार खड्का र प्रदिप खरेलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, सचिवमा प्रल्हादराम ढुंगाना र यज्ञराज कार्कीको उम्मेदवारी दर्ता भएको छ ।
बरालका अनुसार वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद अधिकारी, थोक उपाध्यक्षमा विवेक बजगाईं र खुद्रा उपाध्यक्षमा राकेश शाह सर्वसम्मत भएका छन् ।
त्यस्तै, महासचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्षमा युवराज भट्टराई र उप–कोषाध्यक्षमा लक्ष्मी पौडेल सर्वसम्मत भएका छन् ।
थोक सदस्यमा विप्लव लिम्बू, खुद्रा सदस्यमा रेवती भण्डारी तथा खुला सदस्यमा सुमन कोइराला, धमेन्द्र दंगाल र यामबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका छन् । झापा शाखाको दोस्रो अधिवेशनमा ३६३ जना व्यवसायीको मताधिकार रहेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…