हुम्लामा पहिलो पटक रक्त परीक्षण र भिडियो एक्स-रे सेवा

सिमकोट – खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले गर्भवती महिलाहरुको रक्त परीक्षण र भिडियो एक्स-रे गर्ने सेवा सुरु गरेको छ। आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन शाखाले यो कार्यक्रम अनिवार्य रुपमा सञ्चालनमा ल्याएको हो।

स्वास्थ्य शाखाका प्रमुख बलिराज शाही गाउँपालिकाका पाँच वटै वडाका स्वास्थ्य चौकीहरूले गर्भवती महिलाहरुको रक्त परीक्षण र भिडियो एक्स-रे गर्ने कार्य सुरु गरेको बताए।

रक्त परीक्षणको अन्तर्गत आठ प्रकारको परीक्षण हुनेछ भने अर्को पिसाप परीक्षणसमेत गरिनेछ। यसअघि भिडियो एक्स-रे जिल्ला अस्पतालबाट दक्ष जनशक्ति झिकाएर वर्षमा एक पटक गर्ने गरिएको भएपनि यस आर्थिक वर्षबाट भने अनिवार्य रुपमा सबै गर्भवती महिलाहरुको लागि रक्त परीक्षण र भिडियो एक्स-रे सुरु गरिएको छ।

यो कार्यले आमा तथा गर्भमा रहेको शीशुको ज्यान जोगाउन सहज हुने, समयमै रोग पत्ता लाग्ने, जटिल रोग भए समयमै थप उपचारका लागि रिफर गर्न सहज हुनका साथ संस्थागत सुत्केरीको दर पनि बृद्धि हुने छ। यस आर्थिक वर्षमा सबै गर्भवती महिलाहरुलाई अनिवार्य रुपमा छ पटक भिडियो एक्स-रे र एक पटक रक्त परीक्षण वस्ती स्तरमा स्वास्थ्यकर्मी पुगेर नि:शुल्क गरिनेछ।

शाखाले यो कार्य गर्नका लागि प्रत्येक दुई महिनामा बस्ती स्तर स्वास्थ्यकर्मी पुगेर सेवा प्रदान गर्न मितिसमेत तय गरेको छ। जिल्लाका सात वटा मध्य गर्भवती महिलाहरूको रक्त परीक्षण र छ पटक भिडियो एक्स-रे गर्नका लागि कार्यतालिका तय गर्ने पहिलो गाउँपालिका रहेको छ।

यस आर्थिक वर्षमा खार्पुनाथ गाउँपालिका भरिमा १६० जना गर्भवती महिला पुग्ने अनुमान गरिएको छ। गतवर्ष गाउँपालिकामा ११७ जना गर्भवतीको संस्थागत सुत्केरी भएकी थिइन्।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago