भद्रपुर नगरपालिकामा नगरको विकास सुस्ताउँदै गएको नगरबासीले गुनासो

भद्रपुर । भद्रपुर नगरपालिकामा कर्मचारीतन्त्र हावी हुँदा कागज मिलाएर खाने प्रवृत्ति बढेर नगरको विकास सुस्ताउँदै गएको नगरबासीले गुनासो गर्न थालेका छन् ।

सेवाग्राहीको काम गर्ने जिम्मेवारी पाएका अधिकांस कर्मचारी अपारदर्शी शैलीमा आफ्नै तजविजका विभिन्न परियोजनामार्फत गोष्ठी सेमिनारको आयोजना गरी आफू–आफू नै भत्ता बाँडेर खाने गरेका छन् ।

कर्मचारीमा निर्भर भएर नगरको राजनीतिक नेतृत्व कमजोर हुँदै गएको फाइदा उठाउँदै कर्मचारीतन्त्रको मनोमानीमा कागजी कामले तीव्रता पाएर नगरपालिका कमाइ खाने भाँडो बन्दै गएको हो । कर्मचारी मात्र नभएर नगर प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत समेतलाई कार्यालयमा नगरबासीले भेट्न निकै सकस पर्ने गरेको छ । विषयगत कार्यालयमा काम गर्ने अधिकांस कर्मचारी आफ्नै व्यक्तिगत लाभका कार्यमा घुम्ने गरे पनि नियन्त्रण नहुँदा विकृति बढ्दै गएको नगरबासीको गुनासो आइरहेको छ । स्थानीयको गुनासो सुनुवाइ नहुँदा विकृति मौलाउने वातावरण बन्दै गएको छ ।

यस विषयमा जिज्ञासा राख्दा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी नगरपालिकाका कर्मचारी नियमित कार्यालयमा रहने गरेको बताए । उनले केही प्राविधिक कर्मचारी फिल्डको काममै रहे पनि अन्य कर्मचारी कार्यालयमा भेटिने समेत दावी गरेका छन् ।

जनगुनासो सम्बन्धमा नगर प्रमुख गणेश पोखरेल प्राविधिकबाहेकका कर्मचारीहरू कार्यालयमै बसेर सेवा प्रवाह गर्नु पर्ने दायित्व रहेकोले सो पालना गराउन लाग्ने बताउँछन् । उनले आफू नगरबासीकै काममा बाहिर जाने गरेको प्रष्ट पार्दै दिनमा एक पटक कार्यालय आउने गरेको बताए ।
योजना, प्रशासन, शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, सामाजिक सुरक्षालगायतका विषयगत कार्यालयबाट प्रवाह हुने सेवामा समेत नगरबासीले प्रश्न उठाउन थालेका छन् । कमिशन या अतिरिक्त लाभ दिन असहमत सेवाग्राहीले चाहेको सेवा नै पाउन कठिन हुने गरेको गुनासो बढिरहेको छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago