प्लास्टिक व्यवस्थापन गर्न पोखराको साझेदारी युएनडिपीसँग

पोखरा – सहरी क्षेत्रको फोहोर व्यवस्थापन स्थानीय सरकारको टाउको दुखाइको विषय बनिरहेको छ।

प्लास्टिकजन्य फोहोरलाई पुनः प्रयोगमा ल्याउन सकिने भए पनि स्थानीय सरकारले ध्यान दिएका छैनन्। दैनिक अत्याधिक संकलन हुने प्लास्टिकजन्य फोहोर पुनःप्रयोग गर्ने विकल्प हुँदाहुँदै पनि व्यवस्थापनमा चुनौती थपिएको छ। यो चुनौतीबाट भौगोलिक हिसाबले देशकै ठूलो पोखरा महानगरपालिका पनि अछुतो छैन।

स्थायी डम्पिङ साइटको व्यवस्थापन गर्न चुकिरहेको पोखरा महानगरपालिकाको एउटा वडाले भने प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न दातृ निकायसँग सम्झौता गरेको छ। दातृ निकायसँगको सम्झौतामा झन्डै ८० लाख रुपैयाँको परियोजना सञ्चालन हुनेछ।

प्लास्टिक व्यवस्थापन परियोजनाका लागि पोखरा महानगरपालिका–१२ ले युएनडीपी, सेन्टर फर इनर्जी एण्ड इनभायरमेन्ट नेपाल, ब्लु वेस्ट टु भ्यालु र ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रालिसँग मंगलबार सम्झौता गरेको हो। पोखरा महानगरपालिकाकोतर्फबाट मेयर धनराज आचार्य, वडाध्यक्ष सन्तोष बास्तोला र यूएनडिपीको जिइएफ एसजीपी परियोजनाका देशीय संयोजक विवकेधर शर्मालगायत सरोकारवाला संस्थाका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौतामा वडामा अहिलेको फोहोरमैला व्यवस्थापनको अवस्था, प्लास्टिकको प्रयोग, वडाबासीको धारणाको प्रारम्भिक सर्वेक्षण गर्ने उल्लेख छ। ‘फोहोरमैला व्यवस्थापनमा शून्य प्लास्टिकको योजनालाई विकास र कार्यान्वयन गर्ने’, सम्झौतामा भनिएको छ।

प्लास्टिकजन्य पदार्थ न्यूनीकरण, त्यसको पुनःप्रयोग र विकल्पमा वातावरणमैत्री स्थानीय सामाग्रीको प्रयोगबारे सचेतना जगाउने शर्तसहित सम्झौता भएको हो।

यो परियोजनाले वडाभरका पसल, सामान बिक्री केन्द्रमा वातावरणमैत्री कपडाका झोला, बायोडिग्रेडेवल झोलाको अनिवार्य प्रयोगसम्बन्धी नीति बनाएर कार्यान्वयन आउने अपेक्षा गरेको छ।

परियोजनाअन्तर्गत नै मोबाइल खानेपानीको व्यवस्था गरिने छ। जसले गर्दा प्लास्टिकका बोतलको प्रयोग कम गरी एउटै बोतलमा पानी भर्दै खाने बानीको विकास हुनेछ।

प्लाष्टिकको प्रयोग न्यूनीकरण, पुनःप्रयोग, विसर्जनको उपायहरुको आविष्कार गरी विस्तृत कार्ययोजना बनाउने, नीतिगत तहमा नै प्लास्टिकको उत्पादन र प्रयोगबारे सचेतना फैलाउने सम्झौता भएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए। ब्लु वेस्ट टु भ्यालुका सिइओ नविनविकास महर्जनले परियोजनामार्फत प्लाष्टिकको प्रयोगमै कमी ल्याउने बताए। ‘बिक्री नहुने र कामै नलाग्ने प्लाष्टिकहरु जुन भ्यालुलेस किसिमले फ्याँकिन्छ, त्यसबाट बाटो, इँट्टालगायतका विभिन्न सामानहरु बनाउने छौँ’, महर्जनले भने, ‘बनाउने मात्रै होइन, कसरी बनाउने भन्ने प्रदर्शन हुन्छ।’

पोखरा महानगरसँगको समन्वयमा २ सय मिटरको सडक प्लाष्टिकले कालोपत्रे गरिने उनले जानकारी दिए। पोखरा यसअगाडि नै काने झोला निषेधित सहर घोषणा गरेपनि कार्यन्वयन भने भएन।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago