काठमाडौँ – रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन भएको छ।
लामिछानेका समर्थकहरुले शनिबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध र्याली निकालेका थिए। लामिछानेलाई फसाइएको प्रदर्शनमा सहभागी भएकाहरुको आरोप छ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा उनी सांसद बन्न अयोग्य रहेको फैसला सुनाएको थियो। उनले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्तिको लागि कानुनी प्रक्रिया पूरा नगरेको सर्वोच्चको ठहर छ।
सर्वोच्चको फैसलासँगै उनले सांसद पद, उपप्रधान तथा गृहमन्त्री पदका साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाएका छन्।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…