राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक सभापति श्रममन्त्री डोलप्रसाद अर्याल

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापतिको जिम्मेवारी श्रममन्त्री डोलप्रसाद अर्यालले पाएका छन्।

सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि शुक्रबार राति बसेको रास्वपाको आकस्मिक बैठकले अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको हो। अर्याललाई संसदीय दलको नेताको पनि जिम्मेवारी दिइएको छ। अर्याल रास्वपाबाट समानुपातिक सांसद हुन्।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेलाई नेपाली नागरिकता प्रकणमा दोषी ठहर गर्दै सांसद, मन्त्री र रास्वपाको सभापतिबाट खारेज गरेको थियो।

रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले पार्टीले सुझबुझका साथ कानुनी परामर्शलाई आधार मानेर विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा उचित निर्णय लिने बताएका छन्।

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago