गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगीता, सिजन २ को समापन समारोह सम्पन्न (फोटो फिचर )

काठमाडौं: गोर्खाली भ्वाइस डटकम द्वारा सञ्चालित गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगीता, सिजन २ को औपचारिक समापन समारोह काठमाडौंको मा सम्पन्न भएको छ। कार्यक्रममा प्रतियोगिताका विभिन्न राउण्ड पार गर्दै प्रथम, द्वितीय र तृतीय हुने कलाकारहरुलाई पुरस्कार प्रदान गरिएको थियो।

२०८० बैसाख १ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराँतीद्वारा उद्घाटन गरिएको कार्यक्रम वरिष्ठ सर्जक दुर्गा रायमाझीको प्रमुख आतिथ्यतामा समापन समारोह सम्पन्न गरिएको हो। यस प्रतियोगिताको वरिष्ठतम् लोक श्रष्टा/गायक/निर्देशक नारायण रायमाझी प्रमुख सल्लाहकार एवम् बौद्धिक लोक श्रजक तथा साहित्यकार रमेश बिजी जुरी रहनुभएको थियो। त्यसैगरी निर्णायकको भूमिका चर्चित लोक गायक रामचन्द्र चन्द, परदेशी गायक सुर्य खड्का र चर्चित लोक गायिका शर्मिला गुरुङले निर्वाह गर्नुभएको थियो।

प्रतियोगितामा सहभागी ६० जना प्रतिस्पर्धीलाई उछिन्दै सुमन न्यौपाने र तारा विसी प्रथम, मिलनबाबु परियार र सरिता केसी द्वितीय, रमेश विश्वकर्मा र तारा गडाल तृतीय र अमृत परियार र मधु कटुवाल हुन सफल भएका छन्। विजेतालाई नगद पुरुस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु. ५२,५५५/-, रु. ३२,५५५/- र रु. २२,५५५/- साथै ट्रफी , प्रमाणपत्र र साथमा आकर्षक पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमको सन्चालन जे एन सनराइज मिडिया प्रा. लि.का अध्यक्ष भबिन्द्र गौतमले गर्नुभएको थियो। कार्यक्रममा संयोजक कमल पन्थीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमा लोक दोहोरी प्रतियोगीता, सिजन २ कार्यक्रमको उद्देश्य र उपलब्धीको बारेमा  कार्यक्रम निर्देशक संजय  पौड़यालले प्रकाश पारेका थिए । प्रतियोगिता सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै प्रतियोगिताका निर्माता विश्वास आचार्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण महानुभावहरु र संस्थाहरु प्रति पनि हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले आगामी वर्षहरुमा प्रतियोगितालाई निरन्तरता दिने पनि जानकारी गराउनु भयो।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago