गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगीता, सिजन २ को समापन समारोह सम्पन्न (फोटो फिचर )

२०८०, १० आश्विन बुधबार १५:५९

काठमाडौं: गोर्खाली भ्वाइस डटकम द्वारा सञ्चालित गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगीता, सिजन २ को औपचारिक समापन समारोह काठमाडौंको मा सम्पन्न भएको छ। कार्यक्रममा प्रतियोगिताका विभिन्न राउण्ड पार गर्दै प्रथम, द्वितीय र तृतीय हुने कलाकारहरुलाई पुरस्कार प्रदान गरिएको थियो।

२०८० बैसाख १ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराँतीद्वारा उद्घाटन गरिएको कार्यक्रम वरिष्ठ सर्जक दुर्गा रायमाझीको प्रमुख आतिथ्यतामा समापन समारोह सम्पन्न गरिएको हो। यस प्रतियोगिताको वरिष्ठतम् लोक श्रष्टा/गायक/निर्देशक नारायण रायमाझी प्रमुख सल्लाहकार एवम् बौद्धिक लोक श्रजक तथा साहित्यकार रमेश बिजी जुरी रहनुभएको थियो। त्यसैगरी निर्णायकको भूमिका चर्चित लोक गायक रामचन्द्र चन्द, परदेशी गायक सुर्य खड्का र चर्चित लोक गायिका शर्मिला गुरुङले निर्वाह गर्नुभएको थियो।

प्रतियोगितामा सहभागी ६० जना प्रतिस्पर्धीलाई उछिन्दै सुमन न्यौपाने र तारा विसी प्रथम, मिलनबाबु परियार र सरिता केसी द्वितीय, रमेश विश्वकर्मा र तारा गडाल तृतीय र अमृत परियार र मधु कटुवाल हुन सफल भएका छन्। विजेतालाई नगद पुरुस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु. ५२,५५५/-, रु. ३२,५५५/- र रु. २२,५५५/- साथै ट्रफी , प्रमाणपत्र र साथमा आकर्षक पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमको सन्चालन जे एन सनराइज मिडिया प्रा. लि.का अध्यक्ष भबिन्द्र गौतमले गर्नुभएको थियो। कार्यक्रममा संयोजक कमल पन्थीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमा लोक दोहोरी प्रतियोगीता, सिजन २ कार्यक्रमको उद्देश्य र उपलब्धीको बारेमा  कार्यक्रम निर्देशक संजय  पौड़यालले प्रकाश पारेका थिए । प्रतियोगिता सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै प्रतियोगिताका निर्माता विश्वास आचार्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण महानुभावहरु र संस्थाहरु प्रति पनि हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले आगामी वर्षहरुमा प्रतियोगितालाई निरन्तरता दिने पनि जानकारी गराउनु भयो।

गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगीता, सिजन २ गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगीता, सिजन २

Comments

ताजा खबर